अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

एउटै कर्मचारी पटक पटक सरुवा भएर ६ पटकसम्म त्रिवि अध्यागमनमा खटिएको भेटिएको छ । तिनै अधिकृत भिजिट भिसा प्रकरणमा अख्तियारमा राडरमा तानिएपछि जिम्मेवारी खोसेर विभगामा फिर्ता भएकी छिन् ।

बिज्ञापन

काँग्रेस निकटको विद्यार्थी युनियन,नेविसंघ,पार्टीको क्षत्रीय प्रतिनिधि समेत भएर काम गरिसकेकी अधिकृत दुर्गा थापा हुन यसरी अख्तियारमा राडरमा परेकी । उनी केही अघि रसुवा जिल्लाको सहायक सिडियोको भूमिकामा थिइन । सहायक सिडियोबाट सरुवा भएर गृह भित्रिएकी उनै थापालाई गृह सचिव गोकर्णमणि दुवाडीले त्रिवि अध्यागमनमा खटाएका थिए ।  उनी यस अघि पाँच पटक त्रिवि अध्यागमनमा कार्यरत रहेकी थिइन । उनैलाई गृह सचिव दुवाडीले अध्यागमनमा खटाएका थिए । सोही बीचमा तिर्थ भट्टराई अध्यागमनको प्रमुख हुँदा भिजिट भिसा प्रकरणमा मुछिएर गृहमा तानिए र त्यहाँ विष्णु कोइरालालाई खटाइएको थियो । तर हाकिम फेरिए पनि भिजिट भिसाको धन्दा फेरिएन ।
अध्यागमनका कर्मचारीहरुले बिचौलियासँग मिलेर ‘सेटिङ’ गरिरहेको प्रमाणसहितको उजुरी गृहमा पुग्यो । गृहका अधिकारीहरुका अनुसार,एक अधिकृतले दुई दुई वटा मोवाइल प्रयोग गरेर भिजिट भिसामा धन्दा जारी राखेको भेटिएको गृह स्रोतको दावी छ ।

बिज्ञापन

युएईको नम्बरबाट उनले ह्वाट्स एप चलाउने र कुराकानी गर्ने गरेको र अर्को नम्बर सिराहाका एक जनाको नाममा मोबाइल सेवा प्रदायक कम्पनीमा दर्ता भएको भेटिएसँगै थापाको जिम्मेवारी खोसेर विभगामा तानिएको हो ।

केही अघिमात्र त्रिवि अध्यागमनको जिम्मेवारीबाट हटाएर उनलाई विभागमा तानिएको विभाग स्रोतले पृष्टि गरेको छ । गृह स्रोतका अनुसार, थापालाई पछिल्लो पटक गृहसचिव गोकर्णमणि दुवाडीले विमानस्थल अध्यागमनमा पठाएका थिए । अख्तियारको छानबिनमा रहेका सहसचिव भट्टराईको ‘कोर टिम’का अधिकृतहरूको सूचीमा थापा रहेको गृहका अधिकारीहरूको दाबी छ ।

बिज्ञापन

थापा विद्यार्थी राजनीति, तरुण दलको काठमाडौं जिल्ला सदस्य भएकी थिइन् । पछि नुवाकोटबाट क्षेत्रीय प्रतिनिधिसमेत भएकी थिइन । खरिदारबाट महालेखा नियन्त्रक कार्यालयमा पोष्टिङ भएर सेवा प्रवेश गरेकी थापाले अर्थमन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा काम गरेकी थिइन भने एउटै पालिकामा पाँच बर्ष प्रशासकीय अधिकृत भएर रहेकी थिइन । उनी कर्माचारी युनियनको निर्वाचित उपाध्यक्ष समेत भइसकेकी हुन ।

अधिकृतमा बढुवा भएपछि उनी रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी समेत बनेकी उनी छैटौं पटक त्रिवि अध्यागमनमा पुगेकी थिइन । उनलाई जनआन्दोलनको पोष्टर गर्लका रुपमा चिनिन्थ्यो । सो समयमा उनका तस्विरहरुले राम्रै बजार पिटेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष