दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले तीनकुनेको घटनामा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंलाई दुई वटा फरक फरक मुद्धामा २८ धरौटी माग गरेको छ ।

बिज्ञापन

गत चैत्र १५ को हिंसात्मक आन्दोलनमा आन्दोलनमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसँगै अरू ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले यही प्रकरणमा पक्राउ परेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/ ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

बिज्ञापन

गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार प्रसाईं कारागारमा बसेका थिए । ५ दिनको निरन्तर सुनुवाइपछि उनी न्यायाधीशद्वय टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको ६ नम्बर इजलासबाट अहिले छुट्न लागेका हुन् ।

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’

बिज्ञापन

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा प्रसाईंले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेका थिए ।

बैंकिङ्ग कसुरअन्तर्गत २५ र राज्यविरुध्दको अपराधअन्तर्गत ३ लाख धरौटी लिएर उनलाई छाड्न अदालतले आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष