स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ हजार १ सय बढी जनशक्ति थप्न प्रस्ताव गरिएको छ । मन्त्रालयले चालु आर्थिक बर्ष २०८२/ ८३ को बजेट कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालयसँग गरेको छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो ।

बिज्ञापन

पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) ले समेत स्वास्थ्य मन्त्रालयमा २ हजार १ सय जनशक्ति कम रहेको देखाएको थियो । स्वास्थ्य मन्त्रालयले जनशक्ति अभाव भएको प्रतिवेदन संघीय मामिला मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाए पनि अर्थले बजेट अभाव देखाउँदै दरबन्दी थप्न अस्वीकार गर्दै आएको थियो । स्वास्थ्य मन्त्रालयले पठाएको उक्त प्रतिवेदन केही अगाडिमात्र अर्थबाट स्वास्थ्य मन्त्रालयमै फिर्ता भएको छ।

बिज्ञापन

यस अघि स्वास्थ्य मन्त्रालयले २१ सय दरबन्दी थप्न आवश्यक पर्ने भन्दै स्वास्थ्यले पठाएको ओएनएम सर्भे अर्थबाट स्वास्थ्य मन्त्रालयमै फिर्ता भएको थियो । उक्त ओएनएम सर्भे मन्त्रालयमै फिर्ता भएको महिना दिन पछाडि फेरि अर्थ मन्त्रालयसँग दरबन्दी बढाउन प्रस्ताव गरिएको हो ।

स्वास्थ्यमा संघीय मन्त्रिपरिषद्ले दिएको सैद्धान्तिक सहमतिअनुसार ओएनएम गरी दुई हजार नौ सय ३४ नयाँ दरबन्दी थप्ने र पहिलेका दरबन्दीमा आठ सय ३२ वटा घटाउने गरी जम्मा दुई हजार एक सय दुई दरबन्दी थप्न प्रस्ताव गरिएको थियो । नयाँ ओएनएम अनुसार वीर अस्पताल दरबन्दी रहेर मन्त्रालयमा काजमा खटिएका अतिरिक्त सचिवको १२औं तहलाई हटाएर सिधैं मन्त्रालयअन्तर्गत नै रहने व्यवस्था गरिएको छ । ११औं तहमा ४९ दरबन्दी थप गरिएको छ। त्यसमा १२ वटा दरबन्दी हटाइएको छ। नवौं,दसौं तहमा तीन सय २२ दरबन्दी थप गरिएको छ। आठौं तहको मेडिकल अधिकृतमा चार सय ३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ। जुन तीन सय ५३ दरबन्दी रहेकोमा अब सात सय ३९ दरबन्दी पुगेको छ।

बिज्ञापन

स्टाफ नर्समा पाँचौं,छैटौं,सातौंतर्फ एक हजार दुई सय ४२ दरबन्दी थप गरिएको छ। यसअघि एक हजार तीन सय ४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर दुई हजार ६ सय २३ पुर्‍याइएको छ। पहिलोपटक मिडवाइफ्री नर्सको दरबन्दी थप गरिएको छ। जसमा ३९ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ। फार्मेसी अधिकृत १९ वटा नयाँ दरबन्दी थप हुनेछन्,नयाँ ओएनएम अनुसार ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

‘कुलिङ अफ पिरियड’ गडबडी : मुख्य दोषी उम्काउँदै समिति

व्यक्ति होइन, प्रणाली सुधारले मात्र सुशासन सम्भव : अध्यागमन प्रमुख तिवारी

बिशेष