‘कुलिङ अफ पिरियड’ गडबडी : मुख्य दोषी उम्काउँदै समिति

संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयकमा कर्मचारीले अवकाश वा राजीनामा दिएपछि अर्को नियुक्ति लिन नपाउने अवधि (कुलिङ पिरियड) दुई वर्ष राख्ने सहमति राज्य व्यवस्था समितिमा भएको थियो । यो सहमति अनुसारको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने भाषासमेत प्रयोग गरिएको भनेर प्रश्न उठेपछि गत २३ असारमा संसदीय विशेष छानबिन समिति बनेको थियो । समितिलाई सुरुमा २१ दिनको समय दिइएको भए पनि समितिको म्याद साता दिन थपिएको थियो । थपिएको म्याद हिजो राती १२ बजेबाट सकिएको छ ।
छानसिबन विशेष समितिले यो अवधिमा समितिका सदस्य समेत रहेका शिक्षा मन्त्री रघुजी पन्तका अलवा सभापति रामहरि खतिवडा, सचिव सुरजकुमार दुरा, मुख्यसचिव अर्याल, संसद्का महासचिव पाण्डेय, प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, सहसचिव मीरा आचार्य, कानुनका तत्कालीन सचिव उदयराज सापकोटा, सहसचिव सुभाष भट्टराईलगायतसँग सोधपुछ गरेको थियो । यस्का अलवा समितिले एक सयभन्दा बढीसँग सोधपुछ गरिसकेको छ ।
सो सँगै प्रारम्भिक प्रतिवेदन लेखनमा जुटेका समितिका सातै सदस्यबीच कुलिङ अफ पिरियडमा भएको छलछाममा मानवीय त्रुटीमात्र नभइ गम्भीर चलखेल भएको निष्कर्षमा समितिका सातै सदस्यको एक मत रहेको थियो तर हिजो दिनभरको घटनाक्रम पछि स्थिति बदलिएको जनाइएको छ । संघीय निजामती सेवा विधेयकमा भएको चलखेलमा दोषी किटान समितिलाई कांग्रेस र एमालेले निर्देशन दिएको छ । कांग्रेस र एमालेका सदस्यलाई प्रमुख सचेतकमार्फत् सो निर्देशन दिएसँगै सत्ता पक्ष र प्रतिपक्षका समिति सदस्यहरु नै विभाजित हुन पुगेका छन् ।

बिज्ञापन

सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु सो प्रकरणमा दोषी देखिएका व्यक्तिहरुको नाम किटान नगरी सामान्य ढंगबाट सामसुम पार्ने प्रयास भइरहेको छ ।
समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

कुलिङ पिरियडको गडबडीमा मुख्य सचिव अर्याललाई समेत जोडेर प्रतिवेदन लेख्नुपर्ने विपक्षी दल (नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा)बाट प्रतिनिधित्व गर्ने सांसदहरुको राय थियो । तर सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले नमानेपछि राति अबेरसम्म विवाद भएको थियो । सहमतिको प्रयासमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा नआउँदा आइतबार राति १२ बजेसम्म पनि प्रतिवेदन लेखन नटुंगिएपछि आइतबारकै बैठकको निरन्तरतामा आज बिहान सात बजेदेखि फेरि बैठक जारी छ । हिजै टुग्याउनु पर्ने प्रतिवेदन त्यही कारण अहिले लेखनको काम भइरहेको छ । प्रतिवेदनलाई अन्तिम रुप आज बिहान सातै बजेदेखि समिति सदस्यहरु जुटिरहेका छन् । आज दिउँसो नै सभापति परियारले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेका छन् । समितिका सदस्यहरुका अनुसार आजै अन्तिम तयारी आफूहरूले गरिरहेको जानकारी दिए ।

बिज्ञापन

समितिका सदस्यहरुका अनुसार,समितिका सभापति रामहरि खतिवडालाई प्रत्यक्ष दोषी ठहर गरेको छ । छानविन समितिले सरकारका मुख्यसचिव एकनारायण अर्याल र संसदका महासचिव पद्म प्रसाद पाण्डेयलाई अप्रत्यक्ष दोषी भनेको स्रोतले जानकारी दियो ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने तयारी भइरहेको ती सदस्यले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

‘कुलिङ अफ पिरियड’ गडबडी : मुख्य दोषी उम्काउँदै समिति

व्यक्ति होइन, प्रणाली सुधारले मात्र सुशासन सम्भव : अध्यागमन प्रमुख तिवारी

व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव 

बिशेष