आफू अनुकुलको उपसचिव लैजान मन्त्रीलाई आधा करोड घुस अफर गर्ने विचौलिया निलम्बित

पोखराको १३५ रोपनी जग्गामा पूर्व मन्त्रीसहित बाहलवाला दुई मन्त्री,सचिव,मन्त्री पुत्र समेत जोडिएको घुस प्रकरणसँग जोडिएका एक विचौलियालाई एमाले पार्टीले निलम्बन गरेको छ ।
आफ्नो स्वार्थ अनुसार उपसचिव लैजान मन्त्रीलाई ५३ लाख घुस डिल प्रकरणमा मुछिएका विचौलियालाई पार्टीले अनिश्चित कालका लागि निलम्बन गरेको हो । लिचीबारी जग्गा प्रकरणका मुख्य अभियुक्तका रूपमा चर्चामा आएका नेकपा (एमाले)का सल्लाहकार परिषद सदस्य सुजन लामा पार्टीबाट अनिश्चितकालीन निलम्बनमा परेका छन्।
उनले त्यहाँ आफू अनुकुलको उपसचिव रामचन्द्र अधिकारीलाई लैजान ५३ लाख घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । यस्का अलवा वर्तमान भूमि मन्त्री बलराम अधिकारीलाई ३२ लाख तत्कालीन सचिव अर्जुन पोखरेललाई ५ लाख घुस दिएको बिषय बाहिरिएको छ । यो बिषयमा अख्तियारले समेत अनुसन्धान गरिरहेको छ ।
आफू अनुकुलको हाकिम लैजानका लागि तीन मन्त्री,सचिव,मन्त्रीका छोरासम्मलाई घुस अफर गरेका सुजन लामालाई एमाले पार्टी गण्डकी प्रदेश कमिटीले हिजो र आज बसेको बैठकबाट लामालाई निलम्बन गर्ने निर्णय गरेको हो। अदालतबाट दोषमुक्त नभएसम्म उनका सबै जिम्मेवारी निलम्बित रहने प्रदेश कमिटी स्रोतले जनाएको छ।

बिज्ञापन

लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटीले जनाएको छ । यो प्रकरण बाहिर आएसँगै प्रदेश कमिटीले लामासँग स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएका कारण उनलाई अनिश्चित कालसम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटीले जनाएको छ ।

बिज्ञापन

बाटुलेचौरस्थित १३५ रोपनी सरकारी जग्गा हत्याउने प्रयोजनका लागि लामाले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग घुसको साटासाट गर्ने अडियो सार्वजनिक भइसकेको छ। सो अडियो सार्वजनिक भएसँगै गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए भने अधिकारी र श्रेष्ठ पनि तीव्र राजनीतिक दबाबमा परेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष