८ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ८ वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ ।
मन्त्रालयले शुक्रवार ३४ उपसचिवहरुको सरुवा गर्दा  ८ नगरपालिकाको प्रमुख प्रशासकीय हेरफेर गरेको हो । मन्त्री भगवती न्यौपानेले आफ्ना नातेदार लेखनाथ न्यौपानेलाई पर्यटन मन्त्रालयबाट सामान्यमा भित्र्याएकी छिन् । शिक्षाबाट महेन्द्र विश्वकर्मा,गृहबाट नारायण खतिवडालाई तानेर अतिरिक्तमा राखिएको छ । यस्तै जिसस जाजरकोटमा रहेका गोविन्द घिमिरे पनि मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ ।
मन्त्रालयले गृहका उपसचिव जितेन्द्र कुमार यादवलाई हरिपुर नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ भने गृहबाटै नरेश कुमार यादव कविलाशी नगरपालिका,निलकण्ठ नगरपालिकाबाट पुरुषोत्तम सुवेदी काठमाडौंको कागेश्वरी मनोहरामा भित्रिएका छन् केही महिना अगाडिमात्र कागेश्वरी पुगेका हरिराम नागिला बाह्रविह्रे नगरपालिका सिन्धुपाल्चोक पुगेका छन् । नागिलालाई राष्ट्पति रामचन्द्र पौडेल निकट कर्मचारीका रुपमा चिनिन्छ । बाह्रविसेबाट ईश्वरी शर्मा बागलुङ नगरपालिका,बागलुङका हरिदत्त कडेललाई निलकण्ठमा पुर्याइएको छ भने गलकोटबाट घनश्याम शर्मा कुस्मा पुगेका छन् । कुस्मामा रहेका नेत्र पौडेल सामान्यको अतिरिक्त समूहमा पुगेका छन् । जिसस मोरङमा कार्यरत रहेका विवादित उपसचिव महेश पाण्डेलाई कामकाजमा कावासोती नगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष