पत्नीलाई हटाएर पितालाई अध्यक्ष

नयाँ भनिएका दल समेत पारिवारिक क्लवमा रुपान्तरण हुन पुगेको छ । रास्वपाका सभापति सहकारी ठगी प्रकरणमा मुछिएर कारागारमा छन् भने सिके राउत आफैं पत्नीसँगको पारिवारिक उल्झनमा छन् । उस्तै पारिवारिक लफडामा फसेका छन्,रेशम चौधरी ।

बिज्ञापन

श्रीमान श्रीमतीको घर झगडाको कारण विवादै विवादमा फस्दै गएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको हो । पार्टीका संरक्षक रेशमलाल चौधरीले कान्छी पत्नी रञ्जितालाई जिम्मेवारीबाट हटाएर बुवा लालवीरलाई अध्यक्ष बनाएका हुन ।

बिज्ञापन

पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।

सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ । नाउपाका सांसदसमेत रहेका लालवीर रेशम चौधरीका बुबा हुन् । उनी बर्दियाबाट निर्वाचित भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष