नियुक्ति,सरुवा,बढूवादेखि ऋृण स्वीकृतिसम्म : यस्ता छन् क्याविनेटका १८ निर्णय

मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न १८ वटा निर्णय सार्वजनिक भएका छन् । मन्त्रिपरिषद्को बैठकले सरुवा,बढूवा,नियुक्ति,भ्रमण स्वीकृति लगायतका डेढ दर्जन निर्णयहरु गरेको हो ।

बिज्ञापन

बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्व जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने।

बिज्ञापन

रानी जमरा कुलरिया सिंचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

विघुत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६ दशमलव ७ मिलियन अमेरिकी डलर बराबरको तथा ३३ दशमलव ३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर अर्थात करिव १६ अर्ब ७४ करोड नेपाली रुपियाँ बराबरको सहलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने। यस्तै जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने।

बिज्ञापन

राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न

न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई नेपाल न्याय सेवाको राजपत्राङ्गित विशिष्ट श्रेणीमा सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने। न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च शुद्धपतिदार पत्रमा बढुवा नियुक्त गर्ने निर्णय पनि क्याविनेटले गरेको हो । यस्तै साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने क्याविनेटले ०८२ साउन १८ देखि २३ गतेसम्म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने।

यस्तै नेपाल इन्जिनियरिङ परिषद्‌को रजिष्ट्रार पदमा श्री ध्रुबराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ क्याविनेटले । यस्का अलवा नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बहुवा गर्ने। साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने।

भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा (२) बमोजिम डा उज्जवल चालिसे कास्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने। यस्तै सहन्यायाधिवक्ता सूर्यराज पाहालको पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीको नायब महान्यायाधिवक्ता पदमा सरुवा गर्ने निर्णय गरेको छ,मन्त्रिपरिषद्ले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष