अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

लोकसेवा आयोगले संगठित संस्थामा खरिदार वा सो सरहको परीक्षा दिनका लागि पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था लागू गरेको छ । लोकसेवा आयोगको नयाँ कानुनी व्यवस्था अनुसार, पूर्व योग्यता परीक्षामा अनुत्तीर्ण व्यक्ति कुनै पनि संगठित संस्थाको विज्ञापनमा उमेद्धार बन्न अर्थात प्रतिष्प्रर्धा गर्न पाउनेछैनन् ।

बिज्ञापन

कुनै पनि संगठित संस्थाको विज्ञापनमा आवेदन दिनका लागि पहिला पूर्व योग्यताको परीक्षा दिनुपर्ने नयाँ कानुनी व्यवस्था अगाडि ल्याइएको हो ।

बिज्ञापन

लोकसेवा आयोगको (पहिलो संशोधन) नियमावली ०८२ अनुसार यस्तो कानुनी व्यवस्था गरिएको हो । गत जेठमा राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त नयाँ कानुनी व्यवस्था अनुसार सङ्गठित संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने क्रममा त्यस्ता सङ्गठित संस्थाका कुनै सेवा, समूह वा उपसमूह र पद, श्रेणी वा तह तोकेर वा पद, श्रेणी वा तहमात्र तोकेर सबै सङ्गठित संस्थाको लागि लागू हुने गरी वा कुनै एक वा सो भन्दा बढी सङ्गठित संस्थाको लागि लागू हुने गरी पूर्वयोग्यता परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था लागू गरिएको छ ।

संशोधित नियमावली अनुसार आयोगले लिएको पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको व्यक्तिले आयोगबाट उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गरेको एक वर्षसम्म संगठित संस्थाको खरिदार वा सो सरहको परीक्षा दिन पाउने व्यवस्था राखिएको छ ।

बिज्ञापन

आयोगका अनुसार पूर्व योग्यता परीक्षा आगामी ४ असोज दिनको २ बजे हुँदैछ । नयाँ व्यवस्था अनुसार, सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि पूर्व योग्यता परीक्षा सञ्चालन गर्न लागिएको हो ।उक्त प्रमाणपत्र दिइसकेपछि प्रमाणपत्र लिएको एक वर्षभरिमा खुल्ने संगठित संस्थाको चौथो तहको विज्ञापनको फाराम भर्नका लागि त्यो व्यक्ति योग्य हुन्छ । यदि त्यो व्यक्ति उत्तीर्ण हुन नसकेको अवस्थामा आवेदन दिनका लागि अयोग्य ठहरिनेछ । यद्यपि संघीय र प्रदेशको खरिदार पदको हकमा भने यो व्यवस्था लागू हुनेछैन । यो मात्रै संगठित संस्थाका लागि बनाइएको हो ।

संगठित संस्था भित्र नेपाल सरकारका सम्पूर्ण सार्वजनिक संस्थान, परिषद्, नियोग, आयोग, बोर्ड, समिति, केन्द्र लगायत नेपाल सरकारका सार्वजनिक संस्थान हरु पर्नेछन् ।

पूर्व योग्यता परीक्षा दिनका लागि एसएलसी वा एसइई हो । तर कुनै संगठित संस्थाका लागि चौथो तहका लागि प्लस टु मागेको हुन्छ भने कुनै संगठित संस्थाको चौथो तहका लागि स्नातक पनि माग्ने गर्दछ । तर, पूर्व योग्यता परीक्षामा सहभागी हुनका लागि एसएलसी वा एसइई मात्रै उत्तीर्ण भए पुग्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

बिशेष