रन्जिताले दिइनन् स्पष्टीकरण

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण तोकिएको समयमा नदिएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। पार्टीको अनुशासन समितिले दिएको २४ घण्टे समयावधि मंगलबार सकिए पनि श्रेष्ठले कुनै प्रतिक्रिया नदिएको समितिले जनाएको छ।

बिज्ञापन

पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई स्पष्टिकरणका लागि २४ घण्टे समय दिँदै जवाफ माग्ने निर्णय गरेको थियो। तर अध्यक्ष श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाउँदै पार्टीको कार्यवाहक अध्यक्षमा शिव बाँस्तोलालाई तोकेकी थिइन्। उक्त निर्णयले पार्टीभित्र थप विवाद सिर्जना गरेको छ।

बिज्ञापन

श्रेष्ठले स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको र सो सिफारिसलाई अनुमोदन गर्नका लागि आज राष्ट्रिय भेला बोलाइएको नाउपाले जनाएको छ। राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठको भूमिकामाथि निर्णय गर्ने र अनुशासन समितिको सिफारिसलाई औपचारिक रूपमा अनुमोदन गर्ने सम्भावना छ।

श्रेष्ठ पछिल्लो समय पार्टीभित्र एकलौटी निर्णय र गुटीय गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएकी छन्। यसअघि पार्टीका केही नेताले सार्वजनिक रूपमा उनको आलोचना गर्दै नेतृत्व परिवर्तनको मागसमेत उठाएका थिए।

बिज्ञापन

अबको निर्णयले नाउपाको नेतृत्व संरचना र राजनीतिक भविष्यमा महत्त्वपूर्ण असर पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

बिशेष