मन्त्रीका जोडबलमा नियुक्त आठ महंगा परामर्शदाताको जागिर चट

विश्व बैंकबाट लिएको ऋृणबाट आठ आठ जना विज्ञलाई बार्षिक करोडौं तलब खुवाइदै आएकोमा महालेखाको प्रश्न, चौतर्फी आलोचनापछि उनीहरुलाई जिम्मेवारीबाट हटाइएको छ । यसरी मन्त्री निकटका पात्रहरुलाई पोसिदैं आएको थियो,श्रम मन्त्रालय मातहतको एउटा परियोजनामा । मन्त्रीले आसेपासेलाई पोस्न उदेश्यले मासिक लाखौं तलब सुविधा पाउने गरी नियुक्त भएका आठ परामर्शदाताको जागिर अन्तत चट भएको हो ।

बिज्ञापन

सुशासन (व्यवस्थापन तथा सञ्चालन नियमावली) २०६५ को दफा २२ मा सल्लाहकार तथा विज्ञ नियुक्तिसम्बन्धी व्यवस्था छ । निजामती सेवाको पदबाट कार्यसम्पादन हुन नसक्ने अवस्थामा सल्लाहकार तथा विज्ञ नियुक्त गर्न सकिन्छ । त्यसैगरी, सल्लाहकार वा विज्ञ नियुक्त गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्छ । तर, मन्त्री शरदसिंह भण्डारीले मन्त्रालयसँग कुनै सरोकार नै नभएका विज्ञहरू नियुक्त गरेको बिषयमा चौतफी आलोचना,महालेखाको प्रश्न पछि उनीहरुलाई जिम्मेवारीबाट हटाइएको छ ।

बिज्ञापन

मन्त्रालयमा आठ जना विज्ञ नियुक्त गरिएको थियो । जसमा एक जना वातावरण विज्ञ पनि छन् । श्रमसम्बन्धी मन्त्रालयमा वातावरण विज्ञको के काम ? एक जनाबाहेक हरेकको मासिक तलब लाखमाथि बुझ्दै आएका थिए । उनीहरूले गाडीलगायत सुविधा पनि पाउँदै आएका थिए । खरिद विज्ञमा महेश पोखरेल छन् । उनको मासिक तलब सुन्दा जो–कोही तीनछक्क पर्छन् । राष्ट्रप्रमुखले खानेभन्दा बढी तलब छ । उनले मासिक दुई लाख ५४ हजार २५० रुपैयाँ पारिश्रमिक पाउँछन् । हालसम्म २७ लाख ९६ हजार ७५० रुपैयाँ पारिश्रमिक बुझेको देखिन्छ । त्यसैगरी, अनुगमन विज्ञमा वसन श्रेष्ठलाई नियुक्त गरिएको छ । उनले मासिक एक लाख ६९ हजार पाँच सय रुपैयाँ बुझ्दै आएका छन् । उनले १५ लाख २५ हजार पाँच सय रुपैयाँ सरकारबाट लिइसकेको देखिन्छ ।

रामबाबु अधिकारी वित्तीय विज्ञ रहेका छन् । उनको मासिक पारिश्रमिक एक लाख ९७ हजार ७५० रुपैयाँ तोकिएको छ । २३ लाख ७३ हजार रुपैयाँ बुझेको देखिन्छ । वातावरण विज्ञमा नवराज पोखरेल छन् । उनको मासिक तलब एक लाख ८८ हजार ६०६ रुपैयाँ छ । उनले ९ लाख ४३ हजार ३३ रुपैयाँ लिइसकेका छन् । आइटी अफिसर सुदन प्रजापतिले मासिक एक लाख १३ हजार रुपैयाँ तलब खान्छन् । १० लाख १७ हजार रुपैयाँ भुक्तानी लिएका छन् । प्रोजेक्ट अफिसर राजेन्द्र बुढाथोकीको तलब एक लाख २० हजार रुपैयाँ रहेको छ । उनले १४ लाख ४० हजार रुपैयाँ बुझेको देखिन्छ । आईटी सपोर्टर प्रमिस महर्जनले मासिक ६७ हजार आठ सय रुपैयाँ पाउँछन् । उनले चार लाख ६ हजार आठ सय रुपैयाँ लिएको देखिन्छ ।

बिज्ञापन

सञ्चार विज्ञ चाँदनी शर्माले मासिक एक लाख रुपैयाँ पाउँछिन् । ६ लाख ६० हजार रुपैयाँ प्राप्त गरिसकेकी छन् । यी विज्ञले अहिलेसम्म एक करोड ११ लाख दुई हजार १४३ रुपैयाँ भुक्तानी लिइसकेका छन् । विज्ञमाथि करोडौं खर्च भइरहँदा मन्त्रालयमा खासै प्रगति देखिएको छैन । यता, महालेखा परीक्षकको कार्यालयले विज्ञलाई दिएको भुक्तानी अनियमित ठहर गरेको छ । प्रतिवेदनमा सो रकमलाई बेरुजु भनिएको छ ।

श्रम मन्त्रालयले विश्व बैंकबाट तीन अर्ब ५७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिएको थियो। त्यसैमा महँगा परामर्शदाता नियुक्त गरेको भेटिएपछि उनाीहरुको नियुक्ति र तलब भत्ताका सम्बन्धमा महालोखले समेत प्रश्न उठाएपछि आठै जनालाई जिम्मेवारीबाट हटाइएको हो ।

  यद्यपि मन्त्रालयले भने उनीहरुको अवधि सकिएका कारण हटाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष