अख्तियारको राडारमा पूर्व मन्त्री : बिहानैदेखि बयान लिइँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ । अख्तियारमा उनी बिहान १० बजे उनी बयानका लागि पुगेकी हुन ।विचौलिया सुजन लामाको योजना अनुसार उनैले खोजेका उपसचिव रामचन्द्र अधिकारीलाई कास्की मालपोतमा ल्याउन ५३ लाख घुस डिल प्रकरणमा मुछिएकी रञ्जितासँग अहिले अख्तियारमा बयान चलिरहेको छ ।

बिज्ञापन

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो ।विचौलिया लामाको योजना अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई दवाव दिने र उनै विचौलियाका योजना अनुसार केही दिन कास्की समेत पुगिएको भेटिएपछि उनी समेत अख्तियारको राडारमा तानिएकी हुन ।

बिज्ञापन

मालपोत कास्कीका कार्यालय प्रमुख रामचन्द्र अधिकारीको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि उनीसँग आज बिहानदेखि बयान लिइरहेको अख्तियार स्रोतले जनाएको छ । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष