विधायन व्यवस्था समितिमा पुग्यो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति पुगेको छ ।

बिज्ञापन

मंगलबार बसेको सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले स्वीकृत गरेको छ ।

बिज्ञापन

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानबिन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।

कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिए पनि एमालेका केही सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् । यो विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । जसमा एमालेका ५ जना सांसदले भने कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्तावराख्ने संशोधनकर्ता सांसदहरू हुन– गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बि सी र सोनाम गेल्जेन शेर्पा ।

बिज्ञापन

नेकपा माओवादी केन्द्रका सांसदहरूले भने कुलिङ पिरियड ३ वर्ष राख्नुपर्ने भनेर संशोधन राखेका छन् । कांग्रेसका सांसदहरूले कुलिङ परियड २ वर्ष नै उपयुक्त हुने भनेर यसअनुसार संशोधन प्रस्ताव राखेका छन् ।

अब यी प्रस्तावहरूउपर विधायन व्यवस्थापन समितिमा छलफल हुनेछ ।राष्ट्रिय सभाको अर्काे बैठक अब ११ साउनमा बस्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार छ तर भवन छैन, सडक छ तर गन्तव्य छैन: सांसद आचार्यको प्रश्न प्रधानमन्त्रीलाई

अवकाशको तीन दिन अगाडि राजीनामा,१ दिन अघि स्वीकृत

रजिष्ट्रारसहित दुई अधिकृतमाथि विभागीय कारवाही,१० सुव्वा,१५ अधिकृतसहित ३१ कर्मचारीको सरुवा

सब इञ्जिनियर सेवाबाटै बर्खास्त

अख्तियारको राडारमा पूर्व मन्त्री : बिहानैदेखि बयान लिइँदै

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

पूर्व सचिव डा. ढुंगेलको नयाँ पुस्तक ‘निजामति प्रशासनमा कोतपर्व’ सार्वजनिक

बिशेष