निजामती सरुवा मापदण्ड परिमार्जन हुँदै, गुनासो सुनुवाइ संयन्त्र निर्माणको तयारी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन र काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

बिज्ञापन

सोमबार मन्त्रालयका सचिव र सहसचिवहरूसँगको छलफलमा मन्त्री न्यौपानेले सरुवा प्रक्रियालाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन मापदण्डमा आवश्यक संशोधन गर्न आग्रह गरेकी हुन्।

बिज्ञापन

उनले भनिन्, “सरुवा प्रणालीको सुधार अनिवार्य छ। त्यसका लागि यथाशीघ्र रायसुझावसहित परिमार्जित मापदण्ड पेश गर्नुस्।”

मन्त्री न्यौपानेले विगतमा बनेका मापदण्ड कार्यान्वयनमा कमजोर देखिएकाले अब कडाइका साथ अनिवार्य रूपमा लागू गरिने स्पष्ट पारिन्।

बिज्ञापन

सरुवा प्रणालीलाई पूर्वअनुमानयोग्य (predictable) बनाउन पनि उनले जोड दिएकी छन्। यसबाट कर्मचारीमा पारदर्शिता र विश्वसनीयता कायम हुने उनको विश्वास छ।

यसैबीच, मन्त्री न्यौपानेले निजामती कर्मचारीहरूको गुनासो सुन्न मन्त्रालयमै छुट्टै गुनासो सुनुवाइ संयन्त्र निर्माण गरिने जानकारी पनि दिइन्।

“कर्मचारीका गुनासोलाई औपचारिक रूपमा सुन्ने र सम्बोधन गर्ने संरचना हामी बनाउँदैछौं,” मन्त्री न्यौपानेले भनिन्, “यस्तो संयन्त्रले कर्मचारी सन्तुष्टि र प्रणालीको सुधार दुवैमा योगदान पुर्‍याउनेछ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष