मन्त्रीको ७८ लाख घुस डिलको अडियो सक्कली

 

बिज्ञापन

पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबीच भएको कुराकानीको घुस डिलको अडियो सक्कली भएको पाइएको छ । मन्त्री गुप्ताले एआईको प्रयोग गरेर आफूलाई बदनाम गराइएको बताउँदै आएका थिए तर विधि विज्ञान प्रयोगशालाबाट भएको अनुसन्धानको क्रममा मन्त्रीको घुस डिलको अडियो संवाद सक्कली भएको पृष्टि भएको हो ।

बिज्ञापन

हाल लमजुङ कालपोतमा कार्यरत रहेका रामचन्द्र अधिकारीलाई कास्की मालपोतमा सरुवा गरेर ल्याउन ५३ लाख र जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको अडियो सक्कली रहेको प्रयोगशालाबाट पेष्टि भएको हो । विचौलियाले कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३५ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठका अलवा भूमि मन्त्री बलराम अधिकारीदेखि सचिव अर्जुन पोखरेलसम्मलाई घुस खुवाएको अडियो सार्वजनिक भएको थियो । जसमध्ये पहिलो अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको हो ।

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

बिज्ञापन

बाटुलेचौरको १ सय ३५ रोपनी जग्गा भूमाफिया र बिचौलियाको योजनामा विभिन्न व्यक्तिका नाममा लैजान रचिएको प्रपञ्चमा भूमि व्यवस्थामन्त्री अधिकारी, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ, पूर्वसचिव पोखरेल र बिचौलिया लामा जोडिएका दुई छुट्टाछुट्टै अडियो सार्वजनिक भएको थियो । गत पुसमा भएको अडियो संवाद समेत समावेश गरी १० असारमा अख्तियारमा अडियोसहित उजुरी परेको थियो । पहिलो अडियोमा तत्कालीन मन्त्री गुप्ता, बिचौलिया लामा र पूर्वमन्त्री श्रेष्ठको संवाद सुनिन्छ । दोश्रो अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख र तत्कालीन भूमि व्यवस्था सचिव पोखरेलले ५ लाख रुपैयाँ घूस बुझेको संवाद छ ।

प्रयोगशालाबाट उक्त घुस डिलको अडियो सक्कली पृष्टि भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई आज टंगालमै डाकेको छ । यो प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताले ३१ असारमा पदबाट राजीनामा दिइसकेका छन् भने भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।

मन्त्रीको घुस काण्डको अडियो लिक

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

बिशेष