कार्यालयबाटै ७ लाख ३१ घुससहित बरिष्ठ वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ३१ हजा घुससहित कर्मचारीलाई रंगेहात नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित सोमबार साँझ कार्यालयबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

उनीविरुद्ध कैलालीको चुरे गाउँपालिका–६ को ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिनेबारे सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो । सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गरेको थियो ।

बिज्ञापन

त्यसपछि सोमबार बेलुका यादवले सोही घूस प्रस्ताव बुझेलगत्तै कञ्चनपुरबाट खटिएको आयोगको टोलीले घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष