लेखा अधिकृतलाई रमाना बुझाएर गृहमा हाजिर भए कोइराला

भिजिट भिसा प्रकरणमा मुछिएर तिर्थ भट्टराई गृह मन्त्रालयमा तानिएपछि त्यहाँ खटाइएका विष्णु प्रसाद कोइराला ५३ दिनमै सरुवामा परेका छन् । उनी त्यहाँ पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा व्यापक सुधार गरेको भन्दै प्रचार प्रसार गरिरहेका कोइराला दुई महिना नबित्दै मन्त्रालय तानिनुको कारण हो भिजिट भिसा प्रकरण नियन्त्रण गर्न असफल हुनु र भिजिट भिसामा मानव तस्करी जारी रहनु ।

बिज्ञापन

पछिल्लो समय भिजिट भिसामा सेटिङ धन्दाले निरन्तरा पाउन थालेपछि कार्यालयका प्रमुख अध्यागमन अधिकृत र अन्य अधिकृतहरु बीच विवाद बढ्दै गएको थियो ।
कोइरालाले एकातिर आफूले सुधार गरिरहेको भन्दै सबै निर्देशनहरु र कार्यालयको चिट्ठीपत्र समेत सञ्चार माध्यममा ल्याउने गरेको, अर्कोतिर आफूले सेटिङ गरेको मान्छेहरूलाई भिजिट भिसामा पठाउन कार्यालयमा दबाब दिने दोहोरो मापदण्ड लिएको बिषयमा गृहमा गुनासो पुगेको स्रोत बताउँछ।

बिज्ञापन

स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत कोइराला र यूरोप लगायतका मुलुकहरूमा भिजिट भिसामा मोटो रकम लिई पठाउने म्यापावर व्यवसायीसँग साठगाँठ बढेको थियो। कुनै व्यक्तिलाई विदेश जान दिने नदिने अनुमति दिने अधिकार अध्यागमन अधिकृतसंग हुन्छ तर अध्यागमन प्रमुख कोइरालाले बाहिर समाजलाई आँखामा छारो हाल्न तल्लो तहको कर्मचारीहरुलाई कारवाही गरेको भनी मिडियाबाजी गरेको अध्यागमनका कर्मचारीहरु बताउँछन् ।

उनले कहिले हलुका सवारी चालक त कहिले कार्यालय सहयोगीलाई कारवाही गरेको भनी प्रचार गरेपनि भिजिट भिसाको सेटिङमा कार्यालय सहयोगीहरूको पहुंच हुने सम्भावना नै हुँदैन गृह मन्त्रालयमा कार्यरत एकजना उपसचिवले बताए।

बिज्ञापन

विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत कोइरालाको पछिल्लो शैली प्रति अध्यागमन विभाग र गृह मन्त्रालय समेत खुसी थिएनन। उनले तालुक निकायको निर्देशनहरु समेत नमान्ने र आफ्नै अग्रसरतामा भिजिट भिसाको सेटिङ खुल्ला गरेपछि २ महिनामै उनको सरुवा गर्नुपरेको मन्त्रालयका एक उच्च अधिकारीले पृष्टि गरेका छन् ।

स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालाकै अगुवाइमा करिब महिना दिन देखि भिजिट भिसामा जानेहरुको सेटिङ पुन शुरु भएको थियो। कोइरालाले एक महिना अगाडि देखि नै भिजिट भिसाको सेटिङ खुल्ला गर्न प्रयास गरेपनि प्रमुख अध्यागमन अधिकृत कोइरालाको अस्वाभाविक व्यवहारले अध्यागमन अधिकृतहरूले उनको प्रस्ताव अस्वीकार गर्दै आएका थिए । यही बीचमा उनको बिषयमा गुनासो चुलिएका कारण दुई महिनामै मन्त्रालयमा तानेर यस अघि अख्तियार हुँदै प्रमुख जिल्ला अधिकारी बनेर गएका नरहिर घिमिरेलाई अध्यागमन कार्यालयको प्रमुखको रुपमा खटाइएको छ ।

तर अन्य कर्मचारी सरुवा २४ घण्टा नबित्दै रमाना लिन दबाब दिने उनले आफै रमाना नलिने र कार्यालयमा अनावस्यक गतिविधि गरेको गुनासो बढेपछि कार्यरत कर्मचारीहरु र प्रमुख अध्यागमन अधिकृत बीचको विवाद सतहमा पुग्न थालेपछि मन्त्रालयको दबाबमा कोइरालाले शुक्रबार बिहान रमाना लिएका छन् ।
कार्यालयमा अहिले ६ उपसचिवहरु छन् । अधिकृतहरु पर्याप्त भएको कार्यालयमा प्रमुख अधिकृत कोइरालाले लेखा अधिकृतको हस्ताक्षरमा रमाना बुझेर हतारहतार मन्त्रालय हाजिर भएको स्रोतले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नारायणी नदीमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीको टोलीद्वारा शव फेला

रसुवागढी बाढीपछिको अवस्था : प्रधानमन्त्रीसमक्ष राष्ट्रिय युवा संघ नेपालको मागपत्र

अध्यागमनमा खटिए ४४ फ्रेस अफिसर (सूचीसहित)

रसुवागढीको बाढी संकट :परराष्ट्रमन्त्री र सांसद आचार्यबीच सीमावर्ती संकटबारे गम्भीर छलफल

वैदेशिक रोजगार विभागको तीव्र अनुगमन: म्यानपावर कम्पनीहरूमाथि कारबाही सुरु

भ्रष्टाचार अडियो प्रकरणः गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि अख्तियारको बोलावट

वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

जागिर छाडेकी लेखापालकै हस्ताक्षरमा बैंकिङ कारोवार, अख्तियारमा उजुरी

बिशेष