मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीलाई भएको कुटपिटको घटनामा पालिकाका कर्मचारीहरुले घोर भत्र्सना गरेका छन् ।

बिज्ञापन

गौरीगङ्गा नगरपालिका कर्मचारीहरूको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको घटनाको निश्पक्ष छानबिन र कर्मचारीको सुरक्षाको प्रत्याभुति नभए सम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु स्थगित गरिएको कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

हिजो दिउसो सवा तीन बजे तिर कार्यकक्ष भित्रै भएको कुटपिट तथा अभद्र व्यवहारको घटनाले नगरपालिकाका सबै कर्मचारीहरू गहिरो दुःख प्रकट गर्दै घोर भर्त्सना गरेका हुन ।

उनीहरुद्धारा जारी विज्ञप्तीमा कार्यालय तथा कार्यकक्ष जस्तो सुरक्षित ठानिएको स्थानमै कर्माचारी माथि कार्यालय समयमा नै आक्रमण हुनु निन्दनीय भन्दै सार्वजनिक कार्यालयको मर्यादा भंग गर्ने यस्ता अमानवीय क्रियाकलापले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना भएको जनाइएको छ । यसले राज्यको कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धता माथि प्रश्न उठाएको कर्मचारीहरुको ठहर छ । विज्ञप्तिमा यस घटनाको तत्काल, निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी कर्मचारीहरुलाई सुरक्षित तवरले काम गर्ने कार्य वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसंग जोडदार माग समेत गरेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

‘साउन १ गतेका दिन गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षभित्रै भएको कुटपिट तथा अभद्र व्यवहारप्रति हामी यस नगरपालिकाका सबै कर्मचारीहरू गहिरो दुःख प्रकट गर्दै घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक कार्यालयको मर्यादा भंग गर्ने यस्ता अमानवीय क्रियाकलापले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ । कार्यालय तथा कार्यकक्षजस्तो सुरक्षित ठानिएको स्थानमै कर्माचारीमाथि कार्यालय समयमा नै आक्रमण हुनु निन्दनीय छ । यसले राज्यको कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । भविष्यमा यस्ता लज्जास्पद र अमर्यादित अमानवीय प्रकृतिका क्रियाकलाप गर्ने दुस्साहस नगरियोस् । यस घटनाको तत्काल, निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी कर्मचारीहरूलाई सुरक्षित तबरले काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’

पालिकाका कर्मचारीहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृतमाथि नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले बिहिवार धर्मानन्दलाई कार्यकक्षमा कुटपिट गरेका थिए ।

पालिकाका अधिकृतस्तरका एक कर्मचारीका अनुसार अघिल्लो महिनादेखि नै मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच बोलचाल बन्द थियो । हिजोमात्र एक वडासचिवको सरुवा र कर्मचारीको तह मिलानलगायतका विषयमा छलफल गर्न मेयर कँडेलले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए ।तर प्रमुख प्रशासकीय अधिकृत मेयरको कार्यकक्षमा नगएपछि हातपात भएको बुझिएको् छ ।

प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट भए पछि उनी सो जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष