मानव तस्करीदेखि घुसको डिलसम्म :विवादै विवादमा ओली क्याविनेटका १० मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेको ठ्याक्कै बर्ष दिन पूरा भएको छ । गत बर्ष ३१ असार २०८१ मा गठन ओली सरकारले बर्ष दिन पूरा गर्दा संविधान संशोधन लगायतका सात बुँदे सम्झौता ओझेलमा परेको छ तर यही बर्ष दिन पुगेकै समयमा उनका क्याविनेटका एक मन्त्री ७८ लाख घुस डिल प्रकरणमा मुछिएर राजीनामा दिएका छन् । राजकुमारझैं अन्य मन्त्रीहरु समेत विवादै विवादमा घेरिए यो बर्ष दिनमा ।

बिज्ञापन

सरकारका एक पछि अर्काे मन्त्रीहरु बदनामीमा मुछिएका छन् । जग्गा दलालहरुको स्वार्थको चंगुलमा पर्दा राजकुमार गुप्ताले मन्त्री बनेको बर्ष दिनमै मन्त्री पद त्यागेर हिड्नु परेको छ । एक विचौलियासँग भएको ७८ लाखको डिल मन्त्री गुप्ताका लागि भारी परेको छ । यही प्रकरणमा मुछिएका छन्,अर्काे मन्त्री बलराम अधिकारी समेत । मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ । एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी अडियोमा गरिएको छ ।
यस अघि नै सहकर्मी मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा अधिकारीलाई पोलेका थिए,घुस काण्डमा । सार्वजनिक अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले अर्कैबाट पैसा खाइसकेकाले कास्की भूमि आयोगको अध्यक्षमा खेम पुनलाई नियुक्त नगर्ने गुप्ताले भनेको सुनिन्छ । ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन,’ गुप्ताले अडियोमा भनेका थिए ।

बिज्ञापन

यस अलवा केपी शर्मा ओलीले दोह्रराएर मन्त्री बनाएका उद्योग मन्त्री दामोदर भण्डारी उद्योगीहरु पोस्ने गरी एक पछि अर्काे नीति लिएका कारण उद्योग विवादित छन् । वर्तमान ओली सरकार बनेको बर्ष दिन पूरा भएको छ । ओली क्याविनेटका एक मात्र सदस्य रक्षामन्त्री मानवीर राई बाहेक हरेक मन्त्री अनेकन स्टण्ड,बदमासी अनियमिततामा मुछिरहेका छन् ।

यस्का अलवा चर्काे आलोचित र विवादित बनेका मन्त्री हुन रमेश लेखक,जो माथि भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख बुझेको आरोप लाग्यो । विगतमा भ्रष्टाचारमा डामिएका कर्मचारीहरुलाई सचिवालयमा राखेर तिनैमार्फत आर्थिक उठ्ती पुठ्ती चलाएको आरोप लागे पनि न त उनीमाछि छानबिन भएको छ,न राजीनामा ।
काँग्रेसकै अर्काे मन्त्री दिपक खड्काले जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको प्रकरणदेखि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बिषयले सबैभन्दा बढी आलोचनाको शिकार भए ।

बिज्ञापन

यस्तै वर्तमान सरकारमा रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नै,पिताका नाममा करोडौं बजेटका योजना छुट्टाएका कारण सबैभन्दा बढी आलोचित छन् उनी । नेपाल धितोपत्र वोर्डदेखि वीमा प्राधिकरणसम्म विचौलिया दीपक भट्टका पात्र सन्तोषनारायण श्रेष्ठ र शरद ओझाको नियुक्ति प्रकरणमा विष्णु पौडेल बदनामी कमाइरहेका छन् । यस्तै नेप्सेमा चन्द्र ढकालको गोजीको पात्र चुडामणि चापागाईको नियुक्ति प्रकरणले पनि मन्त्री विवादमा छन् ।

परराष्ट्र मन्त्री आरजु राणा एक बर्षमा सबैभन्दा धेरै विदेश घुम्ने मन्त्रीका रुपमा विवादित छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेमाथि उनकै पार्टीका सांसदहरुले सिधै घुस लिएको आरोप लगाइरहेका छन् । यस्तै आफ्नै पार्टीका अध्यक्षलाई सरकारी गाडी,पार्टी अध्यक्षको छोरीलाई सरकारी नियुक्तिदेखि लाशको पैसामा विदेश शयर गरी ६० लाख बढी उडाएको कारण श्रममन्त्री विवादित छन् ।

यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सबैभन्दा आलोचित अर्काे मन्त्री हुन । उनले आफ्नै स्कुलका प्रिन्सिपललाई राखेपको बोर्ड सदस्य नियुक्त गरेका मात्र छैनन्,अधिकांश भ्रमणमा सँगै लगेका कारण आलोचित छन् ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासमेत विवादमा तानिए । कानुनमन्त्री चौरसियामाथि संसद्मै गम्भीर आरोप लाग्यो । सांसदहरूले मन्त्री चौरसियाले न्यायाधीशलाई प्रभावमा पारेको, आफताब आलमको मुद्दामा सफाइ दिलाउन चलखेल गरेको,१ नम्बरका न्यायधीशहरुलाई टेलिफोन गरेर मुद्धा प्रभावित पार्ने गरेको आरोप प्रतिनिधि सभाबाटै संसदहरुले लगाएका छन् ।
दुई तिहाई नजिकको बहुमत रहेको सरकार जनप्रिय भन्दा आफू र आफ्ना आसे पासे पोस्ने,आफ्नै गोजी भर्ने काममा अल्झिदा ओली सरकार अलोकप्रियताको ओरालो ग्राफ लाग्न थालेको राजनीतिक विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष