अर्काे मन्त्रीले ३२ लाख घुस लिएको अडियो सार्वजनिक,सचिव समेत मुछिए

७८ लाख घुस प्रकरणको अडियोका कारण विवादमा मुछिएर मंगलबारमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए । अडियो संवादमा उनै मन्त्री गुप्ताले भूमि मन्त्री बलराम अधिकारीको समेत नाम मुछेका थिए ।

बिज्ञापन

उनै मन्त्री बलरामले समेत ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको छ । ११ मिनेट ४६ सेकेन्डको उक्त अडियोमा मन्त्री गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीसमेत जोडिएका छन्। सो अडियोमा ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।

बिज्ञापन

कास्कीमा रहेको भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा रहेको कास्कीको बाटुले चौर (मेहन्द्र गुफा नजिकै) मा रहेको १३५ रोपनी क्षेत्रफलको लिची बगैँचा । सोही जग्गालाई व्यक्तिमा नाममा ल्याउन लागिपरेका विचौलियासँग मन्त्री अधिकारीले ३२ लाख घुस डिल गरेको अर्काे अडियो क्लिप अहिले छरपष्ट भएको हो । सो जग्गा ०१५ सालताका राणा परिवारको स्वामित्वमा थियो । ०१६ मा बिर्ता उन्मूलन भएपछि जग्गालाई लालपुर्जा लिएर, तिरो तिरेर रैकर बनाउनुपर्दथ्यो तर, त्यसो नगरी जग्गा किनबेच चल्यो । व्यक्तिहरूले जग्गाको लिखत नै पास गरे । ०३२ मा जसले जग्गामा हकभोग गरिरहेको थियो, उनैले नापी गरेर आ–आफ्नो नाममा दर्ता गरेर किनबेच, अंशबन्डासमेत गरेको देखिन्छ । ०५९ सालमा पुनः नापी हुँदा पुर्जा हुनेले हालसाबिक गरेर लगे । यसैगरी चल्दै गयो ।

०८० मा दुर्गादेवी शाह परिवार खलकका चारजनाले उक्त जग्गामा आफ्नो हक दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिए । सोही जग्गामा उनै बिचौलिया लामा छिरेका हुन । हकभोग अर्कैले गरिसकेको छ, फिल्ड बुकमा शाह परिवारको नाम छैन, तिरो तिरेको रसिद पनि छैन, अदालतले क्षेत्रफल पनि यकिन गरेको छै्रन । त्यस्तो जग्गामा उनै विचौलिया छिरेर हकदार खडा गरेर व्यक्तिको नाममा बनाउने प्रयास भइरहेको छ । बिचौलिया सुजन लामाकै सक्रियतामा हकदार खडा गरी मालपोत कार्यालयमा निवेदन बुझाइएको बताइन्छ । अहिले त्यही जग्गाका कारण राजकुमार गुप्ताले मन्त्री बनेको ठ्याक्कै एक बर्षमा कुर्सीबाट बाहिरिँदा अर्काे मन्त्री अधिकारी समेत घुस लेनदेनमा मुछिएका हुन । अडियोमा घुन लेनदेनको व्यवस्थापन मन्त्री अधिकारीका छोरा मनोजले गरेको पनि दाबी गरिएको छ ।

बिज्ञापन

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ । संवादमा मन्त्री अधिकारीलाई झोलामा हालेर ३२ लाख रूपैयाँ दिएको दाबी गरिएको छ । उक्त अडियोमा मन्त्री अधिकारीलाई रातो या हरियो झोलामा हालेर ३२ लाख रुपैयाँ सरकारी निवासमै बुझाएको भनिएको छ । यस्तै सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी अडियो संवादमा सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

नयाँ आर्थिक बर्षदेखि कर्मचारी सञ्चयकोषको नयाँ व्याजदर

भुमिकामा साहित्यकार अनामणि

काँग्रेस- एमालेका कर्मचारी नेता भ्रष्टचारी ठहर,माओवादीको निलम्वित

बिशेष