संघीय निजामती विधेयकमा २ साउनसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेसँगै संशोधनको समय खुला भएको छ ।

बिज्ञापन

प्रतिनिधिसभाबाट १५ असारमा पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्ने गरेका हुन । निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफलपछि विधेयकमा संशोधनका लागि ७२ घण्टाको म्याद दिइएको छ । सो अवधिभित्र सभाका सदस्यले विधेयकमा संशोधनको आवश्यकताबमोजिम प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

बिज्ञापन

यो विद्येयक उपर आगामी २ साउन साँझ ५ बजेसम्म संशोधन प्रस्ताव राख्न पाउने भएका हुन । सो पछि राष्ट्रिय सभाका सांसदहरुले राखेका संशोधन प्रस्तावलाई सचिवालयले कम्पाइल गरेर उपल्लो सदनका अध्यक्ष नारायणप्रसाद दाहालले स्वीकृत गर्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तातोपानी नाकाबाट तस्करी, सशस्त्र प्रहरीको कारबाहीमा भ्यानसहित अवैध सामान बरामद

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

बिशेष