मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक आज राष्ट्रिय सभामा पेश नहुने भएको छ ।

बिज्ञापन

प्रतिनिधि सभाबाट पारित भएर अड्किएको संघीय निजामती सेवा विधेयक, २०८० आज राष्ट्रिय सभामा पेश हुने कार्यसूची थियो आज । गत असार १५ मा सभामा टेबुल भएको सो विद्येयक झण्डै दुई सातापछि सो विधेयकमाथि सैद्धान्तिक छलफल हुने गरी कार्यसूची तय भएको भए पनि अन्तत विभागीय मन्त्रीले राजीनामा दिए पछि सो विद्येयक कार्यसूचीबाट हट्ने भएको छ ।

बिज्ञापन

आजको कार्यसूचीको दोश्रो नम्बरमा प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विद्येयक २०८० माथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

अहिले सवा १ बजे बस्ने बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची पछि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो तर ७८ लाख घुस डिलको आरोप लागे पनि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएसँगै आज पनि विद्येयक पेश नहुने भएको हो ।

बिज्ञापन

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव कसले प्रस्तुत गर्ने भन्ने अन्यौलता सृजना भएको छ । राष्ट्रियसभा सचिवालयका कर्मचारीहरुका अनुसार मन्त्रीले राजीनामा दिइसकेका छन् भने अर्काे कसैलाई जिम्मेवारी नतोकिएका कारण विधेयक राष्ट्रिय सभामा पेश नहुने र कार्यसूचीबाट हटाइन लागेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

बिशेष