वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको मोवाइल आज बिहानै देखि अफ छ । हिजोदेखि उनको घुस काण्डको अडियो संवाद सामाजिक सञ्जालमा छरपष्ट भएसँगै मन्त्री गुप्तालाई आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बोलाएर केरकार गरेका थिए । मन्त्री गुप्ताको मोवाइल त्यस यता निरन्तर अफ छ ।

बिज्ञापन

गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग २५ लाख र कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख गरी ५८ लाख डिल गरेको अडियो छरपष्ट भएसँगै उनको राजीनामा माग्न थालिएको छ,संसदमै ।

बिज्ञापन

यही समयमा अहिले साँझ वालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । साँझ पौने सात बजेदेखि शुरु भएको बैठक अहिले जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी रहेका छन् । मन्त्री गुप्ताको घुस काण्ड बाहिरिएपछि आज बिहानै प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर केरकार गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका थिए।

बिज्ञापन

क्याविनेट बैठक सकिएपछि बालुवाटारमै सत्ता गठबन्धनको बैठक बोलाइएको छ । जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणापछि पनि अनिर्णित रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने बताइएको छ । देउवासँग सल्लाह र सहमतिपछि बल्ल मन्त्री गुप्तबारे प्रमले निर्णय लिनसक्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

बिशेष