१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्वको बजेट ल्याउने भएको छ । आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । सोही दिन बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

बिज्ञापन

आज दिउँसोका लागि बोलाइएको बैठकमा मेयर वालेन साहसँग २४ वटा एजेन्डा रहे पनि एउटा मात्र प्रस्ताव राख्ने राखेका मेयर साहले २३ वटा एजेण्डामा प्रवेशै गरेनन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई समेत सम्बोधन गरेनन् । यस अघि पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्ने प्रचलन भए पनि मेयर वालेन साहले उपमेयर सुनिता डंगोललाई सम्बोधन गरेका थिए भने सबै कर्मचारीहरुलाई एकमुष्ठमा कर्मचारीज्यूहरु भन्दै सम्बोधन गरेका थिए । बालेनले महानगरपालिकाको बजेट आगामी २९ असार (आइतबार) आउने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

बिज्ञापन

साहले महानगरपालिकाको आगामी २९ असार (आइतबार) कार्यपालिका बैठक बस्ने जानकारी गराए पछि सो एजेन्डामा नगरकार्यपालिकाका सदस्यहरूले ताली बजाएर समर्थन जनाए। लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष