निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पनि भ्रष्टाचार मुद्दा हालेको छ।

बिज्ञापन

आयोगले हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदका भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली र वर्ल्ड डिस्ट्रीब्युशन नेपाल प्रालि कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्धा विशेष अदालतमा दायर गरेका हो ।

बिज्ञापन

अख्तियारका अनुसार गुरुयोजना नै नबनाई ठेक्का लगाएको पाइएसँगै अख्तियारले विकल पौडेलसहितका सात विरुद्ध विशेषमा मुद्धा लगेको हो । स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र निर्धारित मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरिएको आयोगको दाबी छ। अस्वाभाविक मूल्य कायम गरी विश्व वितरण नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजारमा ठेक्का दिँदा १५ करोड भन्दा बढी भ्रष्टाचार भएको अभियोगपत्रमा उल्लेख छ।

यसअघि सूचना प्रविधिका विभिन्न खरिदमा भ्रष्टाचार गरेका, अकुत आर्जन गरेको अभियोगमा सुनिल पौडेल विशेष अदालतबाट दोषी ठहर भएसँगै अहिले कारागारमा छन्

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष