विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

बिज्ञापन

अबदेखि अध्यागमन क्षेत्रभित्र कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि, पहिरन तथा पहिचान, खास संकेत खुल्ने आभूषण, खादा, माला, चस्मा, फरक किसिमको टोपी प्रयोग गर्न नपाइने सूचना जारी गरिएको छ ।अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको हो।

बिज्ञापन

‘अध्यागमन क्षेत्र, डेस्क वा काउण्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला वा यस्तै अन्य सजावटी वस्तुहरुको प्रयोग नगर्नुहोला,’ सूचनामा भनिएको छ, ‘यी वस्तुहरुको प्रयोगमार्फत अध्यागमन प्रशासनको कार्यमा हुनसक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाई गराउनसक्ने भएकाले यस्तो वस्तुहरुको प्रयोग निषेध गरिएको छ ।’ यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु प्रयोग गर्न पाइनेछैन। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ।

त्यस्तै, कुनै समूह, संगठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अन्य पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो।

बिज्ञापन

अध्यागमन कार्यालयले यी नियमहरूको पालना गरी प्रक्रियालाई सहज बनाउन सबैमा अनुरोध गरेको छ। नियम उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष