प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहिन

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन रहेको पालिकाले जनाएको छ ।

बिज्ञापन

गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, सम्पर्कविहीन कर्मचारीहरूमा हेमराज घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत, हरिस माझी, सहायक प्रशासन पाँचौँ, यज्ञप्रसाद कँडेल, सह लेखापाल, चन्द्रप्रकाश ओली सवइन्जिनियर, निशा आचार्य सवइन्जिनिवर, शिवकुमार वली, खापासटे, प्रदिप केसी सवारी चालक रहेको छन् ।
बुधबार साँझ पालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरेर उनीहरू सम्पर्कमा नरहेको जानकारी दिएको छ ।

बिज्ञापन

पालिकाका अनुसार उनीहरु गत २३ गतेदेखि सम्पर्क विहीन भएका हुन । कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए । गत ०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटिपी कोर्डका लागि रुकुम पूर्व कामकाज गर्न जाने भनी कार्यालयबाट निस्केको प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशासन सवइन्जिनियर, प्रशासन शाखा प्रमुखसहित ७ जना सम्पर्कमा नआएको, खोजी कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन पालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष