कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘आलोपालो प्रधानमन्त्री’लाई सहमतिको मुख्य आधार बनाएर गठित केपी शर्मा ओली नेतृत्वको दुई दलीय सरकारमा मन्त्री पनि आलोपालो गरिने भएको छ । प्रतिनिधि सभाको बाँकी अवधि आलोपालो सरकार चलाउने र पहिलो कार्यकाल ओलीले खाने गत वर्ष असार १७ गतेको सहमतिबमोजिम अहिले दुई पार्टीको सरकार शंका, तानातान र घुर्कीका बलमा चलिरहेको छ ।

बिज्ञापन

अहिले सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गरेको छ भने कांग्रेसबाट एक उपप्रधानसहित १० जना मन्त्री छन् । दुई पार्टीका शीर्ष नेताबीच भएको ७ बुँदे सहमति संविधान संशोधनको मुख्य बुँदाबाहेक खुरुखुरु पालना हुँदा अर्को वर्ष असारसम्म ओली नै नेतृत्वमा हुनेछन् । तर, मन्त्रीमा भने भाग पुर्‍याउनका लागि पुरानालाई बिदा गरेर नयाँलाई ल्याउने तयारी छ ।

बिज्ञापन

२९ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । बर्ष दिन पुगेका मन्त्रीहरुलाई हटाउने र नयाँलाई अवसर दिइने चर्चा छ,एमाले वृत्तमा । त्यसो हुँदा शिक्षा मन्त्री बाहेक एमालेबाट सरकारमा सहभागी अरु मन्त्रीहरु हटाइनेछन् ।

बिज्ञापन

अहिलेका क्याविनेटमा सबैभन्दा आलोचित मन्त्रीमा उर्जामन्त्री दीपक खड्का,गृहमन्त्री रमेश लेखक,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तादेखि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह समेत विवादित छन् । विशेष गरी कर्मचारी सरुवा,नियुक्तिमा लाखौंको लेखदेनको अडियोदेखि च्याट प्रकरण बाहिरिएर अप्ठ्यारोमा पर्दै आएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजुकमार गुप्तासहितका रेड जोनमा परेका छन् ।

गुप्ता अघिल्लो बर्ष असार ३१ मा मन्त्री बनेका थिए । नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्ता सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका गुप्ता बर्ष दिनपछि हटाइने मन्त्रीहरुको सूचीमा छन् । संसदको पहिलो र दोस्रो दल मिलेर दुईतिहाइको सरकार बनाएको एक वर्ष पुग्दै छ ।

मन्त्री गुप्ता कर्मचारीनियुक्ति र सरुवाको बिषयमा विवादै विवादमा तानिएका छन् ।  मन्त्री गुप्ता र एक विचौलियाबीच लाखौं डिल भएको अडियो नै सार्वजनिक भएको छ ।उनकै स्वकीयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटन पटन गराउँदा सात देखि १० लाखसम्म डिल गरेको च्याट नै बाहिरिए पनि उनीमाथि कुनै कारवाही भएन ।

कर्मचारी प्रेसले प्राप्त गरेको सो अडियोमा विचौलियाको प्रस्ताव छ‘भूमि आयोग कास्कीको अध्यक्षमा खेम बहादुर पुनलाई लैजान २० सम्म बुझाइदिन्छु,बलरामलाई भनिदिनुहोस त मन्त्रीज्यू’ । जबाफमा मन्त्री गुप्ताले बलरामले पहिल्यै पैसा बुझिसकेको जबाफ फर्काउँछन् । विचौलियाको फेरि अर्को प्रस्ताव सुनिन्छ ‘अहिले १५ गर्दिन्छु, अदालतको १० भोलि बिहान ल्याएर छोडिदिन्छु । मन्त्रीको जबाफ सुनिन्छ,‘ मैले राख्ने होइन भोलि बिहानै सम्बन्धित ठाउँमा बुझाउनुपर्दछ ।’यो चाहिँ २५ लाख डिलको प्रंसग हो । कुरा मिलेपछि मन्त्री गुप्ताले विचौलियालाई लस्सी, माछा हुँदै रक्सी खान अफर गर्दछन् तर विचौलियाले आफूले रक्सी नछुने,काम भएपछि आफैंले मन्त्रीलाई रक्सी खुवाउने जबाफ फर्काएको सुनिन्छ ।

यता सोही विचौलियाले मन्त्री गुप्तालाई एउटा कार्यालय प्रमुख (उपसचिव) परिवर्तन गर्न लाखौंको अफर गरेको अडियो पनि सार्वजनिक भएको छ । भाट,राणा,शाहहुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा फैलिएको छ, १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सोही जग्गा हत्याउने योजना अनुरुप विचौलियाले आफ्नो स्वार्थ अनुरुप पूर्व मन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरिरहेका थिए,उनी भूमि मन्त्री हुँदै रञ्जिता मन्त्रीबाट हटेपछि बलराम अधिकारी मन्त्रीको रुपमा कार्यरत छन् । सोही जग्गामा आँखा गाढेको यो समूहले रञ्जितामार्फत प्रयास गरे,सफल भएनन् । अहिले मालपोतको प्रमुख परिवर्तन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तामार्फत प्रयास गरिरहेका छन् ।

कास्की मालपोतको प्रमुख छन्,चिरञ्जिवी पौडेल । उनलाई हटाएर त्यहाँ पूरानै हाकिम लैजान र सो जग्गा हत्याउन प्रयासरत छन्,विचौलियाको एउटा समूह । क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएको कारण घर पायक सरुवा मागेर कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका हुन्,पौडेल ।

उनी त्यहाँ माघदेखि हाजिर भएका हुन तर उनीमार्फत काम फत्ये नहुने भए पनि पाँच महिना नपुग्दै त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर ९५९ का शाखा अधिकृत० हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइएको थियो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर पाँच महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ । सो समूहले आफू अनुकुलको कर्मचारी लैजान मन्त्रीमार्फत लविइङ गरिरहेका छन् ।

उसो त यस अघि उनै मन्त्री गुप्ताको स्वकीय सचिव शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सात देखि दश लाखसम्म डिल गरेको च्याट नै कर्मचारी प्रेसले सार्वजनिक गरेको थियो । यसरी खुलेआम घुसको डिल गर्ने मन्त्रीको सहयोगीलाई कारवाही त परको कुरा,उनैलाई अगाडि सारेर मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १०८ किलोको फूलको माला लगाइदिएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो । नागरिक उन्मुक्ति र जनमतबीच गत १७ वैशाखमा पार्टी एकता घोषणा गर्ने तयारी थियो । तर सो एकता सरकार नै लागेर भाँडेको आरोप लगाउँदै आएका छन्,पार्टीका संरक्षक रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठहरु ।

यसरी सरकारमा रहेको पार्टी बाहिरिएसँगै संविधानको धारा १०० (२) मा ‘सरकारको नेतृत्व गरेको राजनीतिक दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने’ प्रावधान छ,सोही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष