‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती विधेयकमा ‘कुलिङ पिरियड’ निष्प्रभावी बनाउने व्यक्ति पत्ता लगाउन छानबिन समिति आज गठन हुँदै छ । प्रतिनिधिसभाको आज दिउँसो बस्ने बैठकमा सभामुख देवराज घिमिरेले विशेष समिति घोषणा गर्ने तयारी छ । आज बिहान ११ बजे प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक डाकिएको छ । उक्त बैठकले छानबिन तथा अध्ययनका निम्ति २१ दिनको समय दिँदै समिति गठन गर्नेछ ।

बिज्ञापन

राज्य व्यवस्था समितिले दफा ८२ (४) मा गरेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था निष्प्रभावी बनाउने गरी यसलाई दफा ८२ (५ क) राखिएको छ । प्रतिनिधिसभाबाट समेत पारित विधेयकमा ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो ।

बिज्ञापन

उक्त समितिमा नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुई,दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक,एकजना सदस्य रहनेछन् । समितिमा कांग्रेसले सचेतक सुशीला थिङ र सांसद जीवन परियारलाई पठाउने मौखिक जानकारी प्रमुख सचेतक श्याम घिमिरेले सभामुख घिमिरेलाई दिएका छन् । राप्रपाले सांसद रोशन कार्कीलाई समितिको सदस्य बनाउने भएको छ । एमाले, माओवादी र रास्वपाले भने समितिमा रहने सदस्यको नाम सोमबार नै पठाउने जनाएका छन् ।

समिति सदस्यको नामावली आजको प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरिनेछ । बैठकबाट समिति गठनको निर्णय अनुमोदन गर्ने दलहरूबीच सहमति भइसकेको छ । सो समितिको नेतृत्व नेपाली काँग्रेसले गर्ने सहमति भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

बिशेष