विवादका कारण रोकियो निजामती विद्येयक

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको छ । आजको बैठकमा संघीय निजामती सेवा विद्येयक पेश गर्ने कार्यसूची रहेको बताइए पनि अन्तिममा कार्यसूचीबाट सो हटाइएको छ ।

बिज्ञापन

‘कुलिङ पिरियड’ प्रावधानमा छलछाम भएका कारण छानबिन समिति बनाउने तयारी भइरहेको छ । निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था गर्न नयाँ दफा थपियो तर पुरानै दफा कायम राखेर नयाँ व्यवस्थालाई निष्प्रभावी बनाइएको बिषयमा संसदीय समिति गठन गर्ने छलफल चलिरहेको हो । निजामती सेवासम्बन्धी विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ प्रावधान राखेको थियो । तर यो प्रावधान निस्क्रिय हुने गरी ५ नम्बरको उपदफामा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था राखिएको थियो । सोही बिषयमा छानबिन समिति गठन गर्न लागिएको हो ।

बिज्ञापन

यता राष्ट्रिय सभाबाट उक्त व्यवस्था संशोधन हुने बताइरहेका छन् तर माथिल्लो सदनबाट शुव्रmबारको सम्भावित कार्यसूचीमा सो विधेयकबारेको प्रस्ताव समावेश छैन । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । उक्त विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची छ ।

गत असार १८ गते बुधबारको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक–२०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए । कार्यतालिका अनुसार आज राष्ट्रियसभाको बैठक बस्नेछ । र चार दिन पछि अर्काे बैठक बस्ने छ । आज पेश नभएको विद्येयक २४ गते पेश हुने सम्भवना छ । तल्लो सदनबाट बदमासी भएर आएको सो विद्येयक उपलल्लो सदनबाट परिमार्जन हुने आशा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष