पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

जसरी सहकारी प्रकरणका मुख्य नाइके जिवी राई फरार छन्,उसैगरी पतञ्जली जग्गा प्रकरणमा नाइके शालिग्राम सिंह फरार भएका छन् । सोही प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ३५ लाख धरौटी बुझाएर रिहा भएका छन् । पूर्व प्रधानमन्त्री,मुख्य सचिवदेखि सचिवहरुलाई गुमराहमा पारेर काम फत्ये गराएका सिंहविरुद्ध अर्को मुद्धा पनि चलाउने तयारी भइरहेको छ ।

बिज्ञापन

धनुषाको एउटा सामान्य परिवारमा जन्मिएका शालिग्राम,जस्को नक्कली प्रमाणपत्रको बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । पेशाले इन्जिनियर,काँग्रेस नेता विमलेन्द्र निधिकै बुँइ चढेर नेपाल इन्जिनिरिङ काउन्सिलको उपाध्यक्ष,महेन्द्र नारायण निधिले स्थापना गरेको बृहत्तर जनकपुर परिषद्का अध्यक्ष समेत चलाए,एक कार्याकाल । यस्का अलवा जनकपुर इञ्जिनियरिङ्ग कलेज समेत उनकै कारण टाट पल्टिन पुगेका जानकारहरु बताउँछन् । उनले जुन सस्थाको नेतृत्व गरे,त्यही भ्रष्टाचारमा मुछिएका पात्र ।

बिज्ञापन

२८ पुस २०७४ मा ४ वर्षे कार्यकालका लागि नियुक्ति खाएका उनकै पालामा द पिक हस्पिटालिटी प्रालिसँग सम्झौता गर्दा कीर्ते कागजात तयार पारेको प्रमाण हात लागेको छ । भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालुका लागि बनाइदिएको थियो धर्मशाला,जसलाई तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवासको नामले चिनिन्छ । गृहमन्त्री रमेश लेखकका नातेदार दिपक लेखकको नाममा रहेको पिक हस्पिटालिटी प्रालिलाई २० वर्षका लागि कौडीको भाउमा लिजमा सो होटेल दिइएको र यसरी होटल लिजमा चलाउन दिँदा समेत कीर्ते कागजात तयार गरिएको भेटिएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पदाधिकारीका तत्कालीन अध्यक्ष शालिग्राम सिंहसँगको मिलेमतोमा पिक हस्पिटालिटीले एक बिघा जग्गा र त्यसमा रहेको तीनतले धर्मशाला गैरकानुनी ढङ्गबाट ठेक्कामा दिने कामको नेतृत्व समेत परिषद् अध्यक्ष शालिग्राम सिंहले गरेको कागजात कर्मचारी प्रेसले हात पारेको छ ।

७७ पौष ८ मा परिषद् अन्तर्गत सञ्चालित जनकपुर यात्री निवास व्यवस्थापन गर्ने सन्र्दभमा प्रतिवेदन पेश गर्ने उनै सिंहकै अध्यक्षतमा तीन सदस्यीय सुझाव समिति गठन भएको देखिन्छ । सो समितिमा बल्वा नगरपालिकाको नगरप्रमुख विनोद कुमार यादव र चार्टड एकाउण्टेण्ट मनोज कुमार साह सदस्य छन् । जहाँ शालिग्रामको मात्र हस्ताक्षर गरेका छन् भने दुई सदस्यको हस्ताक्षर गरेका छैनन् । सोही सम्पत्ति लिजमा लगाउँदा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्,तथा सार्वजनिक खरिद ऐनमा नटेकी कार्यकारी निर्देशक बलराम ठाकुरले ३० लाख १२ हजारमा लिजमा लगाइनुपर्नेमा निकै कममा लिजमा दिइएको कागजात अध्ययन गर्दा पृष्टि हुन्छ । पिक हस्पिटालिटीले टेन्डर पाएको सूचना २० चैत ०७७ मा सार्वजनिक गरिएको थियो, जसमा प्रतिस्पर्धी दुई फर्मको नाम उल्लेख गरिएको थिएन । यसरी मिलेमतोमा पिक हस्पिटालिटीलाई टेण्डर दिइएको बिषयमा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । यस्का अलवा धरौटी खातामा जम्मा गर्नुपर्ने रकम समेत बैंकको धरौटी खातामा नराखी उनै सिंहले आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको भेटिन्छ ।

बिज्ञापन

धरौटीबापतको ३४ लाख तीन हजार पाँच सय ६० रुपैयाँ बैंक खातामा नराखी तत्कालीन कार्यकारी निर्देशक ठाकुर र अध्यक्ष सिंहले दुरुपयोग गरेको कोषका कर्मचारीहरु बताउँछन् । यस्तै यी दुईले नाममात्रको उपभोक्ता समिति बनाएर ४ करोड हिनामिना गरेको,२ करोड बराबरको जिन्सी सामाग्री र सम्पत्ति नै गायब गराएको बिषयमा समेत अख्तियारले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पु¥याएर मुद्धा विशेष अदालतमा लैजाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुुई सहसचिव सचिवमा बढुवा सिफारिस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष