अभिलेखमै नरहेको विद्यालयका नाममा साढे सात लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले चार प्रतिवादी विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
तत्कालीन प्रमुख इञ्जिनियर,लेखापाल,उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको भेटिए पछि उनीहरुविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
बिज्ञापन
हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७ ०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट बिनियोजन नभएको र भवन पनि नबनेको पाइएको छ । उनीहरूले आपसी मिलेमतोमा ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।
बिज्ञापन
उक्त विद्यालयको नाममा २ कोठे भवन निर्माणका लागि ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको थियो । तर, भवन नबनाइ नक्कली उपभोक्ता समिति बनाएर फर्जी कागजात तयार पारिएको र सोही आधारमा उक्त रकम बैंक खातामार्फत भुक्तानी लिइएको भेटिएपछि अख्तियारले उनीहरुविरुद्ध मुद्धा चलाएको हो ।