अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अभिलेखमै नरहेको विद्यालयका नाममा साढे सात लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले चार प्रतिवादी विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
तत्कालीन प्रमुख इञ्जिनियर,लेखापाल,उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको भेटिए पछि उनीहरुविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७ ०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट बिनियोजन नभएको र भवन पनि नबनेको पाइएको छ । उनीहरूले आपसी मिलेमतोमा ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।

बिज्ञापन

उक्त विद्यालयको नाममा २ कोठे भवन निर्माणका लागि ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको थियो । तर, भवन नबनाइ नक्कली उपभोक्ता समिति बनाएर फर्जी कागजात तयार पारिएको र सोही आधारमा उक्त रकम बैंक खातामार्फत भुक्तानी लिइएको भेटिएपछि अख्तियारले उनीहरुविरुद्ध मुद्धा चलाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष