मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

देश आर्थिक रुपमा तन्नम हुँदै छ तर मन्त्री र सचिवहरुलाई विदेश घुमेर भ्याइ नभ्याइ छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा निस्कनु अगाडि गत शुक्रवार बसेको क्याविनेट बैठकले समेत मन्त्री र सचिवहरुको विदेश भ्रमणलाई स्वीकृत गरेको छ । शुक्रबारको बैठकले खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुका सचिवहरु विदेश भ्रमणमा जाने भएका छन् । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्रीको भियतनाम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फ्रान्स भ्रमण पनि स्वीकृत गरेको छ ।

बिज्ञापन

मन्त्रीपरिषद्का बैठकका निर्णयहरु केलाउँदा अधिकांश विदेश भ्रमण स्वीकृतिसम्बन्धीमात्र देखिन्छन् । यस्को अर्थ के कर्मचारीहरुले नीतिगत निर्णयमा कलम चोप्न छाडेका हुन ?ओली प्रधानमन्त्री बने यता १२ सय भन्दा बढी मन्त्रिपरिषद्का बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । जसमध्ये अधिकांश भ्रमण स्वीकृतिसम्बन्धित रहेको भेटिन्छ ।

बिज्ञापन

यसरी विदेश धेरै घुम्ने मन्त्रीको रुपमा आरजु राणाले कीर्तिमानी कायम राख्न सफल भएकी छिन्,ओली क्याविनेटमा । काँग्रेस एमालेको सरकार बनेको दश महिनामा आरजु राणाले १९ पटक विदेश भ्रमणमा निस्किएका छिन् । यसको अर्थ ३२० दिनमध्ये झण्डै ११० दिन उनी विदेशमै घुमेर बिताएकी छिन् । २०८१ साउन ३१ गतेदेखि २०८२ जेठ १२ गतेसम्मको अवधिमा परराष्ट्रमन्त्री राणाले भारत, क्यानडा, अमेरिका, कतार, चीन, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, थाइल्यान्ड, ओमान, स्वीट्जरल्याण्ड र जापानको भ्रमण गरेकी छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

बिशेष