मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

देश आर्थिक रुपमा तन्नम हुँदै छ तर मन्त्री र सचिवहरुलाई विदेश घुमेर भ्याइ नभ्याइ छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा निस्कनु अगाडि गत शुक्रवार बसेको क्याविनेट बैठकले समेत मन्त्री र सचिवहरुको विदेश भ्रमणलाई स्वीकृत गरेको छ । शुक्रबारको बैठकले खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुका सचिवहरु विदेश भ्रमणमा जाने भएका छन् । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्रीको भियतनाम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फ्रान्स भ्रमण पनि स्वीकृत गरेको छ ।

बिज्ञापन

मन्त्रीपरिषद्का बैठकका निर्णयहरु केलाउँदा अधिकांश विदेश भ्रमण स्वीकृतिसम्बन्धीमात्र देखिन्छन् । यस्को अर्थ के कर्मचारीहरुले नीतिगत निर्णयमा कलम चोप्न छाडेका हुन ?ओली प्रधानमन्त्री बने यता १२ सय भन्दा बढी मन्त्रिपरिषद्का बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । जसमध्ये अधिकांश भ्रमण स्वीकृतिसम्बन्धित रहेको भेटिन्छ ।

बिज्ञापन

यसरी विदेश धेरै घुम्ने मन्त्रीको रुपमा आरजु राणाले कीर्तिमानी कायम राख्न सफल भएकी छिन्,ओली क्याविनेटमा । काँग्रेस एमालेको सरकार बनेको दश महिनामा आरजु राणाले १९ पटक विदेश भ्रमणमा निस्किएका छिन् । यसको अर्थ ३२० दिनमध्ये झण्डै ११० दिन उनी विदेशमै घुमेर बिताएकी छिन् । २०८१ साउन ३१ गतेदेखि २०८२ जेठ १२ गतेसम्मको अवधिमा परराष्ट्रमन्त्री राणाले भारत, क्यानडा, अमेरिका, कतार, चीन, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, थाइल्यान्ड, ओमान, स्वीट्जरल्याण्ड र जापानको भ्रमण गरेकी छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष