राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

बिज्ञापन

गत जेठ २ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइ असार १ गते प्रतिनिधि सभामा टेवल भएको उक्त विद्येयक असार १५ मा प्रतिनिधि सभाबाट पारित भएको थियो । पारित भएको विद्येयकमा कुलिङ अफ पिरियडको प्रावधानमा नै छेडखानी गरिएको बिषयले अहिले चर्चा पाइरहेको छ । दफा ८२ को उपदफा ४ मा ‘कुलिङ परियड’ लागु हुने, उपदफा ५ मा लागु नहुने लेखिएसँगै अहिले यो बिषयले संसदीय समितिमा चर्काे बहसको बिषय समेत बनिरहेको छ ।

बिज्ञापन

यसैबीच प्रतिनिधि सभाबाट पारित भएको तीन दिन पछि संघीय निजामती सेवा विद्येयक राष्ट्रिय सभामा टेबुल भएको छ । त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले सङ्घीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् ।

कानुन निर्माण जस्तो विषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न  उनीहरुले माग गरे ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष