राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

बिज्ञापन

गत जेठ २ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइ असार १ गते प्रतिनिधि सभामा टेवल भएको उक्त विद्येयक असार १५ मा प्रतिनिधि सभाबाट पारित भएको थियो । पारित भएको विद्येयकमा कुलिङ अफ पिरियडको प्रावधानमा नै छेडखानी गरिएको बिषयले अहिले चर्चा पाइरहेको छ । दफा ८२ को उपदफा ४ मा ‘कुलिङ परियड’ लागु हुने, उपदफा ५ मा लागु नहुने लेखिएसँगै अहिले यो बिषयले संसदीय समितिमा चर्काे बहसको बिषय समेत बनिरहेको छ ।

बिज्ञापन

यसैबीच प्रतिनिधि सभाबाट पारित भएको तीन दिन पछि संघीय निजामती सेवा विद्येयक राष्ट्रिय सभामा टेबुल भएको छ । त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले सङ्घीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् ।

कानुन निर्माण जस्तो विषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न  उनीहरुले माग गरे ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष