निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार गरेको कार्यसूची अनुसार आजको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकबाट सो विद्येयक पारित गर्ने कार्यसूचीमा राखिएको छ ।

बिज्ञापन

प्रतिनिधि सभाको बैठक आज दिँउसो १ बजे बस्दै छ । कार्यसूची अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

बिज्ञापन

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

मन्त्री गुप्ताले नै ‘संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिज्ञापन

आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० लाई पािरत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसअघि पनि यो विषय कार्यसूचीमा चढेको थियो । तर, अगाडि बढ्न सकेको थिएन । संसदीय समितिबाट पास भएर यो विधेयक यही १ असार २०८२ मा प्रतिनिधि सभामा पेस भएको थियो । ३ असारमा पारित गर्ने कार्यसूची नै तय भएको थियो । तर, त्यसदिन प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश नै गरेन । त्यसपछि पुन यो विषय कार्यसूचीमा चढेको हो ।

उक्त विद्येयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते पारित भएको थियो । एक महिनासम्मको रस्साकस्सी पछि गत असार १ गते राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभामा पेश गरेको उक्त विद्येयक दुई सातादेखि त्यही अड्कदै आएको थियो ।

विद्येयकको सबैभन्दा पेचिलो बनेको कुलिङ पिरियड प्रावधान हटाउने बिषयमा शीर्षस्थ राजनीतिक दल एमाले,काँग्रेस र माओवादी नै एकै ठाउँमा उभिएसँगै विद्येयक पारित हुने सम्भवना बढेको राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

रंगीला हाकिम माओवादी मेयरका रोजाईमा

सामाजिक सुरक्षा भत्तामा गोलमाल : पछिल्लो ६ महिनामै २ लाख १० हजार लाभग्राही गायब

बिचौलियाको कब्जामा राज्य संयन्त्र, सुशासन नारामै सीमित : अख्तियार प्रमुख

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

बिशेष