निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार गरेको कार्यसूची अनुसार आजको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकबाट सो विद्येयक पारित गर्ने कार्यसूचीमा राखिएको छ ।

बिज्ञापन

प्रतिनिधि सभाको बैठक आज दिँउसो १ बजे बस्दै छ । कार्यसूची अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

बिज्ञापन

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

मन्त्री गुप्ताले नै ‘संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिज्ञापन

आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० लाई पािरत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसअघि पनि यो विषय कार्यसूचीमा चढेको थियो । तर, अगाडि बढ्न सकेको थिएन । संसदीय समितिबाट पास भएर यो विधेयक यही १ असार २०८२ मा प्रतिनिधि सभामा पेस भएको थियो । ३ असारमा पारित गर्ने कार्यसूची नै तय भएको थियो । तर, त्यसदिन प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश नै गरेन । त्यसपछि पुन यो विषय कार्यसूचीमा चढेको हो ।

उक्त विद्येयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते पारित भएको थियो । एक महिनासम्मको रस्साकस्सी पछि गत असार १ गते राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभामा पेश गरेको उक्त विद्येयक दुई सातादेखि त्यही अड्कदै आएको थियो ।

विद्येयकको सबैभन्दा पेचिलो बनेको कुलिङ पिरियड प्रावधान हटाउने बिषयमा शीर्षस्थ राजनीतिक दल एमाले,काँग्रेस र माओवादी नै एकै ठाउँमा उभिएसँगै विद्येयक पारित हुने सम्भवना बढेको राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

सडकका २५८ ठेक्का रुग्ण,अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

राजस्व अनुसन्धान विभागभित्रै करोडौँको सेटिङ: ‘बर्दिया डिष्टिलरी’ प्रकरण दफन गर्नेहरू को हुन्?

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

बिशेष