विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दैछिन्,आज ।

बिज्ञापन

आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती ।३७ वर्षको उमेरमै पार्टीको नेतृत्व सम्हाल्न पुगेका भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा रहस्यमय निधन भएको थियो ।सोही अवसर पारेर मदन भण्डारी फाउन्डेसनको आयोजनामा आज एक कार्यक्रम आयोजना हुँदैछ । मदन भण्डारीको ७५औँ जन्म जयन्तीको कार्यक्रमको आयोजना गर्न लागेको हो । राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बन्न पुगेको छ ।

बिज्ञापन

सोही कार्यक्रमको पूर्व सन्ध्यामा १४ असारको कार्यक्रमको निम्तो कार्ड बनाएर भण्डारी निकटहरूले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । केही जनसंगठनका अध्यक्ष र महासचिवले पनि यो पोष्टर सेयर गरिरहेका छन् ।

विद्या भण्डारी निकटस्थ एमाले कार्यकर्ताले राष्ट्रिय सभागृहमा आज हुने कार्यक्रमबाटै विद्याले सक्रिय राजनीतिमा आउने सन्देश दिन लागेको प्रचार मात्र गरेका छैनन्, भावी अध्यक्षकै रूपमा अघि सारेका छन् । राष्ट्रपति  बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीति छाडेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज असार १४ गते आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने भएकी छन्।

बिज्ञापन

भण्डारी ०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी थिइन । पहिलो पटक महिला राष्ट्रपति बनेर इतिहास रचेकी उनी ०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुन राष्ट्रपति चुनिएर ०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालयबाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन्। राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन्।

पूर्व राष्ट्रपति भण्डारी निकट रहेका एक एमालेका नेताका अनुसार, मदन ७४ औं जन्मजयन्तीकै अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने लागेकी हुन,आज ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष