अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

अनिवार्य अवकाशमा गएको २२ दिनपछि सचिव रघुराम विष्टले अर्काे नियुक्ति पाएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकको जिम्मेवारी रघुराम विष्टलाई दिएको हो । सो समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरिएको र समितिको पदावधि तीन वर्षको रहेको छ । सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

बिज्ञापन

विष्ट गत जेठ २४ गते अनिवार्य अवकाशमा गएका हुन । उनलाई अवकाशको मुखमा प्रदेशबाट महालेखा नियन्त्रकको कार्यालयमा ल्याइएको थियो । ५८ वर्षे उमेर हदका कारण सचिव विष्ट अनिवार्य अवकाशमा गएका विष्टलाई अवकाशको दुई साता पछि नै अर्काे लाभको पद हात लागेको छ । विष्ट २९ वर्ष सरकारी सेवामा बिताएर सेवानिवृत्त भएका हुन ।

बिज्ञापन

विष्ट अघिल्लो बर्ष कार्तिकमा सचिवमा बढुवा भएका थिए । ४ पटक लगातार बढुवा सिफारिस भएर पनि बढुवा गरिएको थिएन उनलाई । पाँचौं पटक ज्येष्ठताका आधारमा उनलाई सचिव बढुवा गरिएको थियो । सचिव बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएर पदस्थापन गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष