मुलुकका झण्डै एक तिहाई स्थानीय तह निमित्त हाकिमको भरमा चलिरहेको छन् । देशभरका ७५३ स्थानीय तहमध्ये २७ प्रतिशत स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,२०१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नभएपछि ती पालिका निमित्तको भरमा चलिरहेका छन् । कतिपयले असार १० मा ल्याउनुपर्ने बजेट समेत ल्याउन सकेका छैनन् । यसरी निमित्तका भरमा चलिरहेकामा सहसचिवको दरबन्दी रहेको महानगरपालिका र उपमहानगरपालिका समेत छन् ।
बिज्ञापन
६ वटा महानगरपालिकामध्ये २ महानगर र ११ वटा उपमहानगरपालिकामध्ये २ उपमहानगरमा मात्र प्रमुख प्रशासकीय अधिकृत छन् । बाँकी उपसचिवले चलाइरहेका छन् ।
६ मध्ये दुई महानगरपालिका र ११ उपमहानरपालिकामध्ये २ वटा बाहेक बाँकी ९ उपसचिव नै निमित्तले चलाइरहेका छन् । जेठो दाई ९ महानगरपालिका महानगरपालिकाको यो गति भए पछि अरु भाइ (पालिका)को कुन हाल होला ? स्थानीय तह दरबन्दीका कर्मचारी नपाएर एक तह मुनीका हाकिमलाई जिम्मेवारी दिइरहनु पर्ने स्थिति छ । जनप्रतिनिधि कर्मचारी पाइएन भन्दै मन्त्रालयमा धाँइरहँदा खटाइएका कर्मचारी जनप्रतिनिधिहरुले हाजिर गर्न दिइएनन् भन्दै धमाधम फिर्ता हुने सिलसिला पनि उस्तै छ ।
बिज्ञापन
सामान्य प्रशासनका अनुसार विराटनगर र वीरगञ्ज महानगरपालिकामा दरबन्दी अनुसारका सहसचिव प्रमुख प्रशासकीय खटाउन सकेको छैन । यस्तै सहसचिवकै दरबन्दी रहेका धरान उपमहानगरपालिकामा अम्बिकाप्रसाद चौलागाईं,ईटहरी उपमहानगरपालिकामा मिनबहादुर भट्टराई, जनकपुरधाम उपमहानगरपालिकामा मित्रलाल ढकाल,बाराको कलैया उपमहानगरपालिकामा नाथु साह, बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मित्रमणि खनाल,तुलसीपुरमा केशवराज पार्थे,घोराही उपमहानगरपालिकामा ऋषिराम केसी,नेपालगञ्ज उपमहानगरपालिका रामहरि शर्मा,धनगढी उपमहानगरपालिकामा नरेन्द्रबहादुर खाती प्रमुख प्रशासकीय अधिकृत छन् । उनीहरु उपसचिव तहका कर्मचारी हुन । सहसचिव दरबन्दी भएको उपमहानगरपालिकामा सहसचिवै प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका शान्तिराज प्रसाईं र हेटौंडा उपमहानगरपालिकामा भरत गौतम मात्र हुन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा ‘प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउन सक्नेछ,’ भन्ने उल्लेख छ । सो प्रावधानलाई टेकेर एक तह तलको कर्मचारी वा वरिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मा दिने गरिन्छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निजामती कर्मचारी छन् । महानगर तथा उपमहानगरमा सहसचिव प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त हुने गरेका छन् । २ महानगरपालिका,९ उपमहानगरपालिकामा, नगरपालिकामा ६८ र १२८ गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत नरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सामान्य प्रशसनले उपलव्ध गराएको विवरण अनुसार,मधेश प्रदेशका ५७ स्थानीय तह निमित्तको भरमा चलिरहेको छ भने सुदूरपश्चिमका ४२,कर्णालीका ३५,कोशीका २३,बाग्मतीका १८,लुम्बिनी १७ र गण्डकीका ९ स्थानीय तह निमित्तको भरमा चलिरहेको छ ।