कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले लामो समयदेखि रोकिएको सङ्घीय निजामती विधेयकमा अब ‘कमा र फुलस्टप’ पनि परिवर्तन नहुने र छिट्टै पारित हुने बताएका छन् ।

बिज्ञापन

प्रतिनिधि सभामा १ असारमा पेस भएको विधेयकको प्रतिवेदन ३ असारमा पारित गर्ने कार्यसूची थियो । तर, त्यसदिन प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश गरेन । त्यसपछि बसेको असार ५ गतेको बैठक र शुक्रबार बस्ने बैठकको कार्यसूचीमा निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा आएको छैन । अब १५ असार अगाडि विद्येयक प्रतिनिधि सभामा पेश हुने स्थिति छैन ।

बिज्ञापन

यसरी विद्येयक अलपत्र पर्नुको कारण दफा ४३ मा रहेको कुलिङ पिरियडको प्रावधान हो भन्दैछन्,सांसदहरु नै । प्रधानमन्त्री तहकै दवावमा संसद बन्धक बनाइनेदेखि कार्यसूचीबाट निजामती विद्येयक प्रस्तुत हुन नसकेको टिप्पणी राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका काँग्रेसकै सांसदहरु टिप्पणी गरिरहेका छन् । २ वर्ष कुलिङ पिरियड राख्ने सहित राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पारित हुँदा राज्य व्यवस्था समितिबाट जस्तो आएको छ त्यस्तै पारित हुने बताउँछन्,मन्त्री गुप्ता ।

यद्यपि रज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पछि लागेको भन्दै मन्त्री गुप्तालाई केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खप्की खानु परेको थियो । गत सोमबार साँझको क्याबिनेट बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर हप्काएका हुन ? मन्त्री निकट स्रोतका अनुसार,‘ दुई वर्ष कुलिङ पिरियड कस्का लागि,कस्ले भनेर किन राखियो ? रामहरि खतिवडाको लहडबाजीमा हिँडेर प्रशासन चल्छ ? भन्दै हकारेका थिए ।
सो विद्येयक विद्येयक १८ असार अगाडि नआउने ठोकुवा गर्दछन्,सांसदहरु नै । कारण विद्येयकमा अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था राखिएको छ । र २८ जेठमै सर्वाेच्च अदालतले विभिन्न संवैद्यानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीको हकमा निर्णय सुनाउने समय तोकेको थियो तर फेरि समय २० दिन पर धकेलेको छ,अदालतले । यदी ५२ भाईको हकमा अदलातले ती नियुक्ति बदर गरेको खण्डमा त्यहाँ आफू निकटका कर्मचारीहरु लगेर भर्न चाहन्छन ओली ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

बिशेष