२५ सचिवहरुको राजीनामाको धम्कीबाट सरकारले खुट्टा नकमाओस

प्रतिनिधि सभा सांसद राजेन्द्र पाण्डेले उच्च पदस्थ कर्मचारीको दबाबमा सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड हटाउन लागेको भन्दै त्यसको विरोध गरेका छन् ।

बिज्ञापन

नेकपा एकीकृत समाजवादीका सांसद तथा सो पार्टीका उपनेता समेत रहेका पाण्डेले निजामती कर्मचारी विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन प्रधानमन्त्रीलाई कर्मचारीले दबाब दिइरहेको बताएका हुन । संविधान जारी भएसँगै झन्डै ७५ हजारको सङ्ख्यामा रहेका निजामती कर्मचारीको समस्या समाधान गर्नेगरी आएको विधेयक बल्ल आएपनि कुलिङ पिरियड हटाउन भएको प्रयासबाट सरकार डराउनु हुँदैन ।

बिज्ञापन

यस अघि स्थानीय विकास मन्त्री,बाग्मती प्रदेशका मुख्यमन्त्री चलाइसकेका र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका पाण्डेले भने सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरेका छौ । यो हाउसमा आइसकेको छ । केही समययता उच्च पदस्थ केही कर्मचारीले सम्माननीय प्रधानमन्त्रीसँग गएर दवाब दिएर कुलिङ पिरियड हटाउन खारेज गराउन संयुक्त राजीनामा दिन्छौ भनेर धम्की दिएको सुनेका छौं । सरकारले यसमा खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले जिम्मेवारी पाउँछन् । धम्कीकाका भरमा नीति निर्माण गर्नुहुँदैन ।’

पाण्डेले उच्च पदस्थ कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिएर विधेयक रोक्न खोजेको समेत बताए ।

बिज्ञापन

लामो रस्साकस्सी पछि अघिल्लो महिना २ जेठमा राज्य व्यवस्था तथा समितिबाट पास भएको थियो संघीय निजामती सेवा विद्येयक । झण्डै १ महिना पछि असार १ गते प्रतिनिधि सभामा पेश भएको थियो उक्त विद्येयक । गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक आगामी १४ असार अगाडि प्रतिनिधि सभामा पेश हुने कार्यसूचीमा छैन ।
सो विद्येयकमा रहेका ‘कुलिङ पिरियड’ हटाउन उच्च प्रशासकहरुले गरेको लविइङले करिब करिब सार्थकता पाइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

बिशेष