सुशासन आयोग गठन भएको महिना दिनपछि आज पहिलो पटक उच्चस्तरीय सुशासन आयोगको बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना उनकै अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ ।
बिज्ञापन
सुशासन कायम गर्ने प्रधानमन्त्रीमातहतका सतर्कता केन्द्र, हेलो सरकार,अख्तियार लगायत निकायलाई भने सक्रिय बनाउन चासो नदिएको आरोप खेपिरहेका र प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेको कारण आलोचित हुँदै आएका छन् । भ्रष्टाचार र बेथिति नियन्त्रणबाट सुशासन कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेका शक्तिशाली निकायहरूलाई क्रियाशील र जिम्मेवार बनाउनुको साटो सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा नयाँ संयन्त्र गठन भएको महिना दिन पनि आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुन लागेको हो ।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन् ।