यस्तो छ प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विद्येयक (प्रतिवेदनसहित)

प्रतिनिधिसभाको आज बस्ने बैठकमा संघीय निजामती सेवा विद्येयक पेश गर्ने कार्यसूची रहेको छ । रामहरि खतिवडा नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा पारित गरेर अस्ति प्रतिनिधि सभामा पेश गरेको थियो ।

बिज्ञापन

सो विद्येयकमा अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था गर्दै दुई वर्षको कुलिङ पिरियड व्यवस्था लगायतका दर्जनौं नयाँ प्रावधानहरु राखिएको छ । यस्तै अतिरिक्त सचिवको व्यवस्था गरिएको छ । यस अघि निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थिएन । विद्येयक पारित भएपछि निजामती सेवामा १५ औं तह रहनेछ । यस्तै अत्तिरिक्त सचिवको हकमा ऐन प्रारम्भ भएको तीन महिनाभित्र दरबन्दी रहने निकाय यकिन गरी दरबन्दी व्यवस्था गर्ने व्यवस्था राखिएको छ ।

बिज्ञापन

यस्तै उपसचिव र सहसचिव प्रतिस्पर्धा गर्न ५ वर्ष भए पुग्ने व्यवस्था राखिएको छ । यस्तै निजामती सेवामा प्रवेशको विन्दु महिलाको हकमा ३९ बर्षमा झारिएको छ । यस अघि महिलालाई प्रवेशको विन्दु ४० रहेकोमा एक बर्ष घटाइएको हो ।

यस्तै,विद्येयकमा मुख्यसचिव र सचिवको पदावधि एक एक बर्ष घटाइएको छ । यस अघि मुख्य सचिवको पदावधि ३ बर्ष र सचिवको पदावधि पाँच बर्षको थियो ।
सरुवाको व्यवस्थामा समेत उच्च प्रशासकको सरुवा गरिँदा क बर्गाका सहसचिवलाई घ बर्गको कार्यालय,घ बर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्यरत कर्मचारीलाई ग ग वर्गको भौगोलिक क्षेत्रमा कार्यरत रहेका कर्मचारीलाई ख र ख बर्गको कार्यक्षेत्रमा कार्यरत कर्मचारीलाई क बर्गमा सरुवा गरिने व्यवस्था विद्येयकमा उल्लेख गरिएको छ । विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याइएको छ ।

बिज्ञापन

यस्तै दफा ४३ मा अहिलेको सबैभन्दा पेचिलो प्रावधान कुलिङ पिरियडको व्यवस्था राखिएको छ । जहाँ अवकाशको २ वर्ष सम्म कुनै पनि संवैद्यानिक निकायमा नियुक्ति नपाउने व्यवस्था राखिएको छ । उक्त व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ तिव्र पारेका थिए ।

यस्तै यस अघि अदालतमा मुद्धा दायर हुने वित्तिकै निजामती कर्मचारीहरु निलम्बनमा पर्दै आएकोमा अब अदालतमा भ्रष्टाचार मुद्धा दायर हुने वित्तिकै कर्मचारीहरु निलम्बनमा पर्ने छैनन् । विद्येयकको दफा ४९मा स्वत निलम्बनमा हुने कसुर बाहेक सम्बन्धित अदालतबाट त्यस्ता कर्मचारीका हकमा धरौटी,जमानत वा साधरण तारिखमा रिहा गरेको अवस्थामा कर्मचारी निलम्बन नहुने प्रावधान राखिएको छ ।

यस्तै प्रदेश तथा स्थानीय तहमा कार्यरत रहेका कर्मचारीलाइ अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवाको व्यवस्था समेत विद्येयकमा गरिएको छ ।यद्यपि यी निकायमा सरुवा हुनका लागि दोहोरो सहमति अनिवार्य व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष