घर जानु अघि ‘सम्मानका साथ’ बढुवा : खगेन्द्रप्रसाद सुवेदी सचिव बने

काठमाडौं, असार २ –
सरकारी सेवाबाट अनिवार्य अवकाशको सँघारमा रहेका वरिष्ठ सहसचिव खगेन्द्रप्रसाद सुवेदीलाई सरकारले सचिव पदमा बढुवा गर्दै सेवा समापनभन्दा अघिको अन्तिम जिम्मेवारी सुम्पिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।

बिज्ञापन

सचिव पदका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिले तीन जनाको नाम अगाडि सारेको थियो— डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी र कृष्णप्रसाद काप्री। सो सूचीको दोस्रो स्थानमा रहेका सुवेदी सचिवमा पदोन्नत भए।

बिज्ञापन

हाल सुवेदी लोक सेवा आयोगमा कार्यरत छन्। उनी यही भदौ १८ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका छन्। छोटो कार्यकाल भए पनि लामो सेवा यात्राको कदरस्वरूप उनलाई सचिवमा बढुवा गरिएको स्रोतहरू बताउँछन्।

उक्त रिक्त सचिव पद महालेखा नियन्त्रक रघुराम विष्टको अनिवार्य अवकाशपछि खुलेको हो।
सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका डण्डुराज घिमिरे हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छन् भने तेस्रो नम्बरमा रहेका कृष्णप्रसाद काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा महानिर्देशकको भूमिकामा छन्।

बिज्ञापन

सुवेदीको सचिव पदस्थापन भने तोकिएको छैन। अवकाशको पूर्वसन्ध्यामा पाएको यो बढुवा उनीका लागि एक प्रकारको प्रशंसनीय विदाइ मानिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष