जब अर्थमन्त्रीले अर्थ सचिवको कठालो समाते …

 

बिज्ञापन

हेटौंडा, असार १ — बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा शनिबार साँझ बजेटको तयारी चलिरहेका बेला अकल्पनीय घटना घटेको छ। बजेट निर्माणको संवेदनशील घडीमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीमाथि हातपातको प्रयास गरेका छन्।

बिज्ञापन

 

शनिबार राति हेटौंडा उपमहानगरपालिका–२ स्थित मन्त्रालय भवनमा मन्त्री काफ्लेले सचिवलाई बलपूर्वक एक अर्ब रुपैयाँको बजेट आफ्नै जिल्लामा राख्न दवाव दिएको र सो प्रस्ताव अस्वीकार गरेपछि मन्त्रालयभित्रै तनावको स्थिति उत्पन्न भएको स्रोतले जनाएको छ। मन्त्रीको दबाब र आक्रोशबाट सचिवलाई जोगाउन कर्मचारीहरू सक्रिय बनेका थिए। उनीहरूले सचिवलाई त्यहीँबाट सुरक्षित रूपमा सचिव निवास पुर्याएका थिए।

बिज्ञापन

 

एक कर्मचारीका अनुसार, “यदि सचिवलाई तत्काल निवासमा पुर्याएको नभएको भए अप्रिय घटना घट्न सक्थ्यो। मन्त्रीज्यूको व्यवहार गुन्डागर्दी शैलीको थियो।”

 

स्रोतका अनुसार, मन्त्री काफ्ले बजेटको आकार ७२ अर्ब पुर्‍याउने प्रयासमा थिए, तर कांग्रेस र एमालेबीच पूर्वसहमति अनुसार ६८ अर्बभन्दा बढी नबनाउने निर्णय भइसकेको थियो। तर मन्त्री काफ्ले त्यो सहमति तोड्दै व्यक्तिगत हितका लागि ठूलो रकम राख्न सचिवमाथि दवाव दिँदै आएका थिए।

 

सचिव मैनालीको कार्यकक्षमै पुगेर मन्त्री र उनको सचिवालयले दुर्व्यवहार गर्दा स्थिति तनावपूर्ण बनेको थियो। घटना यति गम्भीर बन्यो कि प्रशासनिक मर्यादा नै धरापमा परेको देखियो।

 

यद्यपि त्यस रातकै तनावपछिको भोलिपल्ट आइतबार, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कानुनी व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउने बाध्यतालाई पूरा गर्दै सरकारले बजेट त ल्यायो, तर यसअघिको घटना प्रदेश शासनमा गम्भीर प्रश्नचिन्ह बनेर उभिएको छ।

 

यस विषयमा मन्त्री काफ्लेको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन भने सचिव मैनाली पनि मौन छन्। यद्यपि मन्त्रालयभित्रको यो घटनाले प्रशासनिक स्वायत्तता, मर्यादा र आचरणमाथि गम्भीर बहस सिर्जना गरिदिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष