न्याय सेवा आयोगले एक सचिव,१० सहसचिव,६५ उपसचिवसहित १५४ अधिकृतहरुको सरुवा गरेको छ ।
बिज्ञापन
आयोगले पराश्वर ढुंगनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै,सूर्यवंश शर्मा कँडेललाई उच्च अदात जनकपुरको रजिष्ट्रार,यमप्रसाद सापकोटालाई तुल्सीपुर उच्च अदालत,अमित उप्रेतीलाई वुटवल इजलाश सरुवा गरेको छ ।
बिज्ञापन
यस्तै सहसचिव तहका सरकारी वकिलहरुमा ईश्वरी प्रसाद ढकाललाई महान्यायधिवक्ताको कार्यालय,सन्देश श्रेष्ठलाई महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरेको छ । यदुनाथ शर्मालाई उच्च सरकारी वकिल कार्यालय नेपालगञ्ज,कोषहरि निरौलालाई उच्च सरकारी वकिलको कार्यालय वीरगञ्ज,अशोकराज रेग्मीलाई उच्च सरकारी वकिलको कार्यालय हेटौंडामा सरुवा गर्दा रामहरि शर्मालाई जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौं र विवेक वराललाई उच्च सरकारी वकिलको कार्यालय बाग्लुङमा खटाएको छ ।
यस्तै,उपसचिव तहका कर्मचारीमा न्याय समूहका सात,सरकारी वकिल ५६ जना कर्मचारीहरु सरुवामा परेका छन् । यस्तै शाखा अधिकृत तहका १५४ अधिकृत तहका कर्मचारीको गरिएको न्याय सेवा आयोगले जनाएको छ ।