संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

अन्तत लामो रस्साकस्सी पछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।
गत २ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको उक्त विद्येयक एक महिना पछि आज प्रतिनिधिसभाका अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

बिज्ञापन

यस अघि जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी थियो तर अन्तिममा कार्यसूचीमै हेरफेर गरिएपछि सो विद्येयक प्रतिनिधि सभामा पेश हुन सकेको थिएन । त्यस यता विपक्षीहरुको अवरोधका कारण पेश हुन सकेको थिएन । शुक्रवार प्रतिपक्षी प्रमुख माओवादीसँग २ बुँदे सहमति भएसँगै उसले सदनको अवरोध फिर्ता लिए पछि आज रास्वपा र राप्रपाका विरोधका बाबजुत पेलेरै सदन चलाइएको थियो र सोही बीच निजामती विधेयक पेश गरिएको हो ।

बिज्ञापन

प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो । विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको थियो । सो बैठक पछि राज्य व्यवस्था तथा सुशासन समितिबाट २ जेठमा पारित भएको थियो ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ । यी दुई विषयमा विवाद रहँदै आएको थियो । सो विद्येयकका कतिपय प्रावधान उपर तल्ला तहका कर्मचारीहरुदेखि उपल्ला तहका कर्मचारीहरुसम्मले विरोध गर्दै आएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष