उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ ।
बिज्ञापन
उपचारमा लापरवाही गरेको भन्दै ओम अस्पताललाई ५० लाख ७० हजार जरिवाना तिराउने अदालतले फैसला सुनाएको छ । यस्तै उपचारमा लापरवाही गर्ने दुई जना चिकित्सकलाई जनही ३ लाख ४० हजार पाँच सयको दरले ५६ लाख ८१ हजार क्षतिपूर्ति भराउने आदेश दिएको छ । यस्तै जमलस्थित जीआरएस टु युजर्स अटो प्राली, आयात कर्तालाई ३ लाख ९३ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
बिज्ञापन
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा भएको लापरवाहीको मुद्दामा डाक्टरहरुलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश गरेको हो ।उपभोक्ता अदालतले लापरवाहीबाट भएको कुल क्षतिको ८० प्रतिशत अस्पतालबाट अनि २० प्रतिशत चिकित्सकबाट तिराउनुपर्ने आदेश गरेको हो ।
उपचारको क्रममा लापरवाही भएको भन्दै बसन्त गौतमले ओम अस्पताल विरुद्ध मुद्दा दायर गरेका थिए । आफ्ना ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराएका थिए । तर, उपचारमा लापरवाहीका कारण केही समयमै उनको मृत्यु भएको भन्दै गौतमले अदालतमा उजुरी दिएका थिए। अदालतले उक्त मुद्दामा ८० प्रतिशत क्षतिपूर्ति अस्पतालबाट र बाँकी दुई जना डाक्टरबाट भराउने फैसला गरेको छ ।
त्यस्तै, मोटरसाइकल खरिदमा ठगीको मुद्दामा काठमाडौंका नातीबाबु खड्काले ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । खड्काले जमलस्थित जीआरएस टु युजर्स अटो प्रालीबाट मोटरसाइकल खरिद गरेका थिए । तर, विग्रेको मोटरसाइकल परेपछि रकम फिर्ता नपाएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
बिज्ञापन
उपभोक्ता अदालत स्थापना भई २०८१ चैतदेखि सञ्चालनमा आएको हो । अदालत सञ्चालनमा आएयता यसले उपभोक्तालाई न्याय दिलाउने उल्लेखनीय काम गर्दै आएको छ ।