बाध्यतावस् विदेशिएका र परिस्थितिवस् स्वदेश फर्किएका युवाहरुको नाममा

राज्यले स्वदेश मै रहे बसेका नेपालीहरूलाई त आशातीत रूपमा केही गर्न नसकिरहेको स्थितिमा बाध्यतावस् विदेशिएर परिस्थितिवस् नेपाल फर्किएका नेपालीका विषयमा कस्तो दायित्व निर्वाह गर्ला र ? तैपनि यसरी नेपाल फर्कने नेपालीहरूको विषयमा केही नसोची कानमा तेल हालेर बस्न निश्चय पनि राज्यका जिम्मेवार निकायले मिल्ने देखिदैन। नेपालबाट विभिन्न अवसरको खोजी गर्दै वाध्यतावस विदेशिएका नेपालीहरू उनीहरू रहेको देशको सरकारले अपनाएको नीतिका कारण स्वदेश फर्कने क्रम बढ्दो छ। यस्तो परिस्थितिको शुरूवात संयुक्त राज्य अमेरिकामा डोनाल्ड जे ट्रम्फको दोश्रो कार्यकाल संगै भएको हो। डोनाल्ड ट्रम्फले आफ्नो चुनावी घोषणामा नै अवैध आप्रवासीको रोकथाम गर्दै तिनीहरूलाई देश निकाला गर्ने घोषणा गरेका थिए।

बिज्ञापन

हुन त अमेरिका आफै पनि आप्रवासीहरू कै देश हो र अमेरिकामा हाल भएको विकास यी नै आप्रवासी कै भूमिका र मेहनतका कारण हुन गएको हो। मानव अधिकारको पक्षधर र एक प्रजातान्त्रिक मुलुक भएका कारण यो देशले मानव अधिकारको दमन र प्रजातन्त्रको दमन गर्ने मुलुकबाट आउने विदेशीलाई ईज्जत र आश्रय दिने नीति लियो। यही उदार नीतिका कारण यो देश आप्रवासीको बाहुल्यता भएको मुलुकको रूपमा चिनिन पुग्यो। यसरी विश्वका विभिन्न देशबाट आप्रवासीहरू भित्रिदै गर्दा अमेरिका भित्र विभिन्न किसमका प्रदूषण पनि भित्रिदै गए, जसको परिणाम स्वरूप बिभिन्न अपराधिक घटनाहरू बढ्न थाल्दा देशको राजनीतिक बृत्तमा विभिन्न अपराधमा संलग्न आप्रवासीहरूलाई देश निकाला गर्नु पर्ने तर्कहरू बलिया हुदै गए र यो तर्कको नेत्तृत्त्व अमेरिकका दुई राजनीतिक दल मध्ये रिपब्लिकन पार्टीले लियो र यस पटकको निर्वाचनमा यही आप्रवासीको मुद्दा बनाएर यो पार्टीका राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड जे ट्रम्फले चुनाव लडे र जिते पनि। उनको विजय संगै अवैध आप्रवासी उपर कारवाही थाले र यो कारवाहीको अभियानलाई सशक्त बनाउदै गए अनुरूप विश्वका विभिन्न देशमा यस्ता आप्रवासीहरू फिर्ता गरिदै छन् र यो बाढीमा नेपालीहरू समेत परेका छन्।

बिज्ञापन

यस्तो परिस्थिति अमेरिकामा मात्र नभएर यूरोपीय मुलुक, अष्ट्रेलिया, जापान, कोरिया जस्ता पर्याप्त अवसरहरू भएका मुलुकहरूमा पनि देखिदैछ। नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट दैनिक रूपमा विदेशिएका यूवा यूवतीहरूको संख्या हेर्दा नेपालको जनसंख्याको करीव एक तिहाई जनसंख्या विदेशिएको पाईन्छ। नेपालमा अवसरको अभाव हुदा अवसरको खोजीका लागि विदेशिएका नेपाली नेपालमा फर्कन थाले भने त्यो आश्चर्य हुने छैन। किनभने विकसित देशमा भएका अवसरहरूको उपयोग त्यही देशको नागरिकका लागि हो, विदेशी वा आप्रवासीको लागि हैन। यसैले पनि आप्रवासीहरू फिर्ता गरे भने त्यो उनीहरूको कुरा हो।

विकसित देशमा मात्र नभएर विश्व मै जनसंख्या बृद्धिको दर कम हुदै गएको छ र यसो हुनुको पछाडि जन्म दरमा कमी आउनु नै प्रमुख कारण हो। यसरी जन्म दरमा आउने कमी पूरा गर्न विकसित देशले विश्वका अल्प विकसित राष्ट्रबाट विभिन्न उपायहरू अपनाउदै आप्रवासीहरू भित्र्याउने नीति लिए । यस्तै नीतिहरूका कारण धेरै नेपालीहरू पनि विश्वमा छरिएर रहेका हुन् तर वर्तमान समयमा मानवीय श्रोतको काममा कृत्रिम बोद्धिकता वा रोवोटको प्रयोग हुन थाले पछि मानवीय श्रम विस्थापित हुन थाले र यस्तो मानवीय श्रम दिने आप्रवासीहरूको खाचो हुन छोड्यो। यही कारणले गर्दा पनि आप्रवासीहरू खेदिनु पर्ने वातावरण बन्यो। हाल केही दिन यता विदेशमा गएका नेपालीहरू नेपाल फर्कने क्रममा तिव्रता आएको पईएको छ। यसरी फर्किदै गरेका नेपालीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले सोचेको देखिएको छैन। एयर पोर्टमा पुगे पछि प्रहरीको जिम्मा दिने र उनीहरूका माध्यमबाट विदेश पठाउने दलालको खोजी गर्ने प्रयास मात्र गरेको पाईएको छ तर यो केवल प्रयास मात्र हुने र यसबाट एक जना दलाल पनि फेला नपर्ने पनि निश्चित छ। किनभने मेक्सिको हुदै अमेरिका छिराउने काममा दर्जनौ दलालहरू प्रयोग भएका हुन सक्छन्। बिचरा विदेशिएका नेपालीले एउटा दलाल पनि चिन्ने मौका पाएका हुदैनन्।

बिज्ञापन

यस परिस्थितिमा सरकारले यसरी भित्रिने नेपालीको अभिलेख राखेर नेपालमा अवसरहरू सृजना गरी तिनीहरूलाई मौका दिने नीति बनाउनु पर्छ। करोडौ रूपैयाको ऋण टाउकोमा बोकेर विदेश छिरेका नेपाली थोत्रा कपडाको बोरा बोकेर नेपाल भित्रिई रहेको अवस्थामा उनको पींडामा सरकार एकाकार हुन जरूरी देखिन्छ। यसको लागि उजाड र बांझो रहेको खेतबारीमा यिनीहरूलाई ब्यस्त गराउन आबश्यक आर्थिक र प्राविधिक सहयोग स्थानीय स्तरमा गर्न सरकारले तत्परता देखाउनु पर्छ। पर्यटन क्षेत्र पनि उनीहरूको रोजाईको क्षेत्र बन्न सक्छ। त्यसैगरी फलफूल खेती, पशुपालन, कुखुरापालन, विकास निर्माणका काम आदिमा उनीहरूलाई संलग्न गराएर उनीहरूको पींडामा साझेदार हुन स्थानीय सरकारलाई प्रयोग गर्न सक्नु पर्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष