सर्वाेच्चमा तीन न्यायधीश सिफारिस : काँग्रेसको कोटाबाट पोखरेल,एमालेलाई सिट खाली

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो । सर्वाेच्चमा चार न्यायधीश रिक्त छ । तर न्यायपरिषद्ले तीन जनाको नाम मात्र सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिस भएका पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षको जिम्मेवारीमा छन् । यस्तै सिफारिस भएकामध्ये पौडेल उच्च अदालत जनकपुरमा र थापा उच्च अदालत दीपायलमा कार्यरत छन्।एमालेको कोटाबाट एक जना न्यायाधीश हुने कानुन व्यवसायीको नाम टुंगो नलागेपछि खाली राखेर बाँकी तीन जना सिफारिस गरिएको हो। पहिलो नम्बरमा सिफारिस भएका पोखरेल भने कांग्रेसको कोटामा परेका हुन् भने बाँकी दुई उच्च अदालतका न्यायधीश हुन ।

बिज्ञापन

परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष