शाखा अधिकृत,सह-लेखापालसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले झुटा विवरण प्रस्तुत गरेर सरकारी रकम भुक्तानी लिएको आरोपमा शाखा अधिकृत,सहलेखापाल,पत्रिका सञ्चालकसहित पाँच जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो । पछिल्लो समय अख्तियारले यस्तो धन्दामा सक्रिय पत्रकार,तीसँग मिलेमतोमा कमिसनमा काम गर्ने कर्मचारीहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाउने क्रम तिव्र पारेको छ । पछिल्लो महिना दिनमा झण्डै आधा दर्जन यस्ता पत्रकारहरु समेत अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

यस्तै धन्दामा सक्रिय रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सह लेखापाल नवीनकुमार यादव,​जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादव लाई प्रतिवादी बनाएर आज अख्तियारले विशेषमा मुद्धा लगेको हो ।

विज्ञापन नछापी झुटा विवरण प्रस्तुत गरेर सरकारी रकम भुक्तानी लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा आर्थिक वर्ष २०७८/ ७९ मा कृषकलाई वितरण गरिने स्प्रे टंकी खरिदका लागि बोलपत्र आह्वान तथा स्वीकृतिको सूचना क्रमशः जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको देखाइएको भए पनि प्रेस काउन्सिल नेपालबाट प्राप्त जानकारीअनुसार ती दुवै सूचनाहरू सम्बन्धित पत्रिकामा प्रकाशित नभएको पुष्टि भएको छ।

बिज्ञापन

झुटा नक्कली पत्रिका र बिल पेश गरी जनसवाल दैनिकलाई १ लाख ७२ हजार ८२५ र तराई पोष्टलाई ३९ हजार ४०० गरी कुल २ लाख १२ हजार २२५ को भुक्तानी गरिएको पाइएको आयोगको दाबी छ । अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवानाको मागदाबी लिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष